रुसी नियन्त्रणमा रहेका युक्रेनी भूभाग आफ्नो देशमा गाभिएको पुटिनको घोषणा « Khabarhub

रुसी नियन्त्रणमा रहेका युक्रेनी भूभाग आफ्नो देशमा गाभिएको पुटिनको घोषणा


१४ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसी कब्जामा रहेका युक्रेनका चार भूभाग आफ्नो मुलुकमा गाभिएको घोषणा गरेका छन् ।

राजधानी मस्कोस्थित क्रेमलिन हलमा आयोजित एक समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पुटिनले युक्रेनी भूभागहरु लुहान्स्क, डोनेत्स्क, जापोरोज्जिया र खेर्सन क्षेत्रलाई आफ्नो मुलुकमा गाभेको घोषणा गरेका हुन् ।

यसअघि रुसले ती भूभागलाई आफ्नो मुलुकमा गाभिने विषयमा जनमत सङ्ग्रहको आयोजना गरेको थियो ।

‘नतिजा स्पष्ट छ, धेरै स्पष्ट छ ।’ सम्बोधनका क्रममा उनले भने, ‘जनताहरुले निर्णय गरेका छन् – एउटै निर्णय’ पुटिनलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

सम्बोधनका क्रममा राष्ट्रपति पुटिनले रुसी अधिनमा आएका भूभागमा रहेका गाउँ र सहरको पुननिर्माण गरिने समेत जनाएका छन् । यसबाहेक त्यहाँका जनतालाई सुरक्षित जीवन प्रदान गर्न समेत रुस तयार रहेको उनले बताए ।

प्रकाशित मिति : १४ आश्विन २०७९, शुक्रबार  ६ : ३९ बजे

पैसा नभएकै कारण गर्भवतीलाई अस्पतालबाट फर्काइएको घटनाले बुबाको सम्झना आयो : सांसद अधिकारी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद लिमा अधिकारीले सप्तरीमा पैसाको अभावमा गर्भवती

प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता

 काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह र न्युजील्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनबीच टेलिफोन वार्ता

पाठ्यक्रम परिमार्जन : पाठ्यभार घटाउनदेखि एआई समेट्नेसम्म सुझाव

भक्तपुर –राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि सातै प्रदेशमा आयोजित

राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रमको स्रोत सामग्री उत्पादन लक्ष्यभन्दा बढी

दमौली- बन्दीपुरस्थित राष्ट्रिय बाख्रा अनुसन्धान केन्द्रले आर्थिक वर्ष २०८२/८३ मा विभिन्न

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग

काठमाडौं- भोटेकोशी बाढीबाट प्रभावितको स्वास्थ्य उपचार तथा आवश्यक स्वास्थ्य सामग्री व्यवस्थापनका