विपद् जोखिमबारे अन्तरराष्ट्रिय मञ्चमा आवाज उठाउनुपर्ने « Khabarhub

विपद् जोखिमबारे अन्तरराष्ट्रिय मञ्चमा आवाज उठाउनुपर्ने


१४ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अन्तरराष्ट्रिय मञ्चमा नेपालको विपद् जोखिमबारेमा एकीकृतरुपमा आवाज उठाउनुपर्नेमा जोड दिइएको छ । अष्ट्रेलियामा गत असोज ३ देखि ६ गतेसम्म आयोजना भएको प्रकोप जोखिम न्यूनिकरणका लागि एशिया–प्रशान्त मन्त्रीस्तरीय सम्मेलनमा नेपालको सहभागिता तथा सम्मेलनको मुख्य सन्देशबारे आज राजधानीमा भएको समीक्षा बैठकमा सहभागिले उक्त विषयमा जोड दिएका हुन
।

विपद् जोखिम न्यूनीकरण राष्ट्रिय कार्यमञ्चको आयोजनामा भएको समीक्षात्मक छलफलमा सहभागीले सम्मेलनपूर्व गरिएका बैठक तथा छलफलको परिणामस्वरुप सम्मेलनमा नेपालको सहभागिता उत्साहजनक र प्रभावकारी रहेको उल्लेख गरे ।

सम्मेलनबाट एसिया प्रशान्त क्षेत्रमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका सन्दर्भको जानकारी लिन तथा आगामी बाटो तय गर्न ठूलो सहयोग मिलेको र आगामी दिनमा यस्ता मञ्चमा नेपालका सफल अभ्यासलाई व्यवस्थितरुपमा लैजानु पर्ने सहभागीको धारणा थियो ।

कार्यमञ्चका अध्यक्ष एवं राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले सम्मेलन आयोजनाका क्रममा अस्ट्रेलियाले रैथाने समुदाय तथा तिनको ज्ञानलाई असाध्यै महत्व दिएको दृष्टान्त राखे ।

प्रकाशित मिति : १४ आश्विन २०७९, शुक्रबार  ८ : ३६ बजे

कालीगण्डकी करिडोर सञ्चालन

गुल्मी – वर्षाका कारण अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालनमा आएको छ

शुभमन गिलको कीर्तिमानी दोहोरो शतक, वेस्ट इन्डिजमाथि भारतको शानदार जित

काठमाडाैँ – कप्तान शुभमन गिलको कीर्तिमानी दोहोरो शतकको मद्दतले भारतले

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल असोज १५ गते बिहीबार सन् २०२६

आज २०८३ साल असोज १५ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १५ गते बिहीबार सन् २०२६

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली