विपद् जोखिमबारे अन्तरराष्ट्रिय मञ्चमा आवाज उठाउनुपर्ने « Khabarhub

विपद् जोखिमबारे अन्तरराष्ट्रिय मञ्चमा आवाज उठाउनुपर्ने


१४ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अन्तरराष्ट्रिय मञ्चमा नेपालको विपद् जोखिमबारेमा एकीकृतरुपमा आवाज उठाउनुपर्नेमा जोड दिइएको छ । अष्ट्रेलियामा गत असोज ३ देखि ६ गतेसम्म आयोजना भएको प्रकोप जोखिम न्यूनिकरणका लागि एशिया–प्रशान्त मन्त्रीस्तरीय सम्मेलनमा नेपालको सहभागिता तथा सम्मेलनको मुख्य सन्देशबारे आज राजधानीमा भएको समीक्षा बैठकमा सहभागिले उक्त विषयमा जोड दिएका हुन

विपद् जोखिम न्यूनीकरण राष्ट्रिय कार्यमञ्चको आयोजनामा भएको समीक्षात्मक छलफलमा सहभागीले सम्मेलनपूर्व गरिएका बैठक तथा छलफलको परिणामस्वरुप सम्मेलनमा नेपालको सहभागिता उत्साहजनक र प्रभावकारी रहेको उल्लेख गरे ।

सम्मेलनबाट एसिया प्रशान्त क्षेत्रमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका सन्दर्भको जानकारी लिन तथा आगामी बाटो तय गर्न ठूलो सहयोग मिलेको र आगामी दिनमा यस्ता मञ्चमा नेपालका सफल अभ्यासलाई व्यवस्थितरुपमा लैजानु पर्ने सहभागीको धारणा थियो ।

कार्यमञ्चका अध्यक्ष एवं राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले सम्मेलन आयोजनाका क्रममा अस्ट्रेलियाले रैथाने समुदाय तथा तिनको ज्ञानलाई असाध्यै महत्व दिएको दृष्टान्त राखे ।

प्रकाशित मिति : १४ आश्विन २०७९, शुक्रबार  ८ : ३६ बजे

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले

तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका

सिरहा–१ मा कांग्रेसबाट रामसुन्दर चौधरीले पाए टिकट

काठमाडौं – नेपाली कांग्रेसले सिरहा निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित