‘विद्रोह, पुनर्गठन र वैज्ञानिक समाजवाद’ बजारमा « Khabarhub

‘विद्रोह, पुनर्गठन र वैज्ञानिक समाजवाद’ बजारमा


१४ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनालले लेख्नुभएको पुस्तक ‘विद्रोह, पुनर्गठन र वैज्ञानिक समाजवाद’ आजदेखि बजारमा आएको छ ।

पुस्तकमा समाजवादी क्रान्तिका तीन हतियारका रूपमा शक्तिशाली कम्युनिष्ट पार्टी, संयुक्त मोर्चा र वर्ग सङ्घर्षलाई समेटिएको छ । जनताको बहुदलीय जनवाद  एउटा पूँजीवादी जनवादी कार्यक्रममात्रै भएको उल्लेख गरिएको पुस्तकमा नेपाली जनवादी क्रान्तिका कार्यक्रम नयाँ जनवाद, राष्ट्रिय जनवाद वा जनताको बहुदलीय जनवादका रूपमा आएका विषयवस्तु समावेश छन् ।

पूँजीवादी क्रान्ति सम्पन्न भएको र त्यसको सार तत्वसमेत संविधानमा समेटिएको विश्लेषण गरिएको पुस्तकमा अबको कार्यक्रम वैज्ञानिक समाजवाद रहेको उल्लेख गरिएको छ ।

यहाँ आज आयोजित कार्यक्रममा विमोचन गरिएको पुस्तकमा जबज सामाजिक आर्थिक संरचनाका दृष्टिले एउटा पूँजीवादी जनवादी कार्यक्रम नै भएकाले अबको समाजवादी क्रान्तिमा जबज मार्गदर्शक सिद्धान्त हुन नसक्ने सन्देश छ ।

पूर्वप्रधानमन्त्री खनालले जबज सिद्धान्त समाजवादी अर्थव्यवस्था कायम गर्न मार्गदर्शक आदर्श नभएको बताउनुभयो । जबज र यसलाई मार्गदर्शक सिद्धान्त मानिरहेको नेकपा ९एमाले० प्रति टिप्पणी गर्दै उहाँले भन्नुभयो, “नेपालमा पनि समाजवादी क्रान्तिको युगमा प्रवेश गरेको कुरालाई केही कम्युनिष्टहरु मान्छन्, केहीले मान्दैनन ।”

समाजवादी क्रान्तिको रणनीतिक लक्ष्य वैज्ञानिक समाजवाद हुने बताउँदै उहाँले भन्नुभयो, “अब पूँजीवादी क्रान्ति सम्पन्न गरिसकेका देशमा बहुदलीय जनवादको लक्ष्य लिएर हिँड्ने कम्युनिष्ट पार्टी कस्तो हुन्छ रु त्यसको चरित्र के हो रु”

प्रकाशित मिति : १४ आश्विन २०७९, शुक्रबार  १० : ०६ बजे

जहाजमाथि भएको आक्रमणको जवाफ दिने इरानको चेतावनी

तेहरान– इरानले क्यास्पियन सागरमा आफ्नो एउटा व्यापारिक जहाजमाथि आक्रमण गरेको

एमबीएसको प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा दुईजना पक्राउ

काठमाडौं– त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायको ‘मास्टर्स अफ बिजनेस स्टडिज’ (एमबीएस)

चिकित्सकमाथिको आक्रमणमा संलग्नलाई कारबाही गर्न चिकित्सक संघको माग

वीरगञ्ज– नेपाल चिकित्सक संघ, नारायणी शाखाले नारायणी अस्पतालमा कार्यरत चिकित्सक

एमाले-नेकपा प्रदेश सत्ता सहकार्यमा नेता कार्यकर्ता नै असन्तुष्ट

काठमाडौं– सहकार्य, एकता र फुटबाट गुज्रिँदै आएका नेकपा एमाले र

वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल

चितवन– सरकारले सप्ताहान्तमा दुई दिन सार्वजनिक बिदाको व्यवस्था गरेसँगै जिल्लाका