नवलपरासी दुर्घटनामा मृत्यु हुनेको पहिचान खुल्यो « Khabarhub

नवलपरासी दुर्घटनामा मृत्यु हुनेको पहिचान खुल्यो


१३ कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नवलपरासी बर्दघाट सुस्ता पूर्वको बुलिङटार गाउँपालिका २ मथारमा आज बिहान भएको बस दुर्घटनामा मृत्यु हुने पाँच जनाको सनाखत भएको छ ।

मृत्यु हुनेमा पाल्पाको रम्भा गाउँपालिका–१ का ४१ वर्षीय तारा विक, १७ वर्षीय विनय विक, ६२ वर्षीया धनी विक, ५८ वर्षीया देवी गाहा र स्याङ्जाको गल्याङ नगरपालिका–९ बेलचौरकी ४५ वर्षीया फूलमाया माझी रहेका छन् ।

उनीहरू सबैको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वले जानकारी दिएको छ ।

भरतपुरका विभिन्न अस्पतालमा घाइतेहरूको उपचार भइरहेको छ । घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ ।

पाल्पाको हुगीदेखी दर्शनार्थी लिएर मनकामना आउँदै गरेको ना ६ ख ७५ ८० नम्बरको बस आज बिहान ४ बजे अनियन्त्रित भई सडकबाट अन्दाजी एक सय मिटर तल खसेको थियो ।

प्रकाशित मिति : १३ कार्तिक २०७९, आइतबार  २ : १४ बजे

भोटेकोशी बाढी : ऊर्जा संरचना पुनर्निर्माणमा तीन खर्ब ९० अर्ब लाग्ने प्रारम्भिक अनुमान

काठमाडौं– भोटेकोशी र त्रिशूली बाढीबाट क्षति भएका जलविद्युत् आयोजना पुनःनिर्माणमा

सेयर बजारमा गिरावट, कतिले घट्यो नेप्से ?

काठमाडौं– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज ४

आणविक निशस्त्रीकरणका लागि वार्तामा फर्कन गुटेरेसको आह्वान

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले आणविक हतियारमुक्त विश्व निर्माणका

दसैँ–तिहारमा हवाई भाडा बढाएको भन्दै रास्वपा सांसदको आपत्ति

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रमेश प्रसाईँले दसैँ–तिहारको समयमा

प्रतिनिधिसभामा सांसदले उठाए यी विषय

काठमाडौं- प्रतिनिधिसभाको आजको आकस्मिक समयमा सांसदहरूले बाढीपहिरोबाट भएको क्षति, बेपत्ता