दिल्लीमा वायुको गुणस्तर खराब बन्दै « Khabarhub

दिल्लीमा वायुको गुणस्तर खराब बन्दै


१३ कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतको राजधानी नयाँ दिल्लीमा वायुको गुणस्तर खराब बन्दै गएको पाइएको छ । दिल्लीमा वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) ३५० पुगेको छ ।

वायुको गुणस्तर मापन तथा मौसम पूर्वानुमान र अनुसन्धान प्रणालीसम्बन्धी काम गर्ने संस्था ‘सफर’ ले आइतबार बिहान रेकर्ड गरिएको सूचकांकमा दिल्लीको वायु गुणस्तर ‘अति खराब’ श्रेणीमा रहेको जनाएको छ ।

संस्थाका अनुसार समग्र दिल्ली क्षेत्रको एक्यूआई ३५० अर्थात् ‘अति खराब’ श्रेणीमा रहेको छ । दिल्ली विश्वविद्यालय क्षेत्र र पुसामा एक्यूआई क्रमशः ३७२ र ३४३ रहेको छ ।

नयाँ दिल्लीको वायुको गुणस्तरमा आएको गिरावटका कारण खासगरी इन्डिया गेट नजिकै काम गर्ने, साइकल यात्री र शारिरीक व्यायामका लागि बिहानमा पैदल यात्रा गर्ने व्यक्तिहरू प्रभावित भएका छन् ।

शनिवार साँझ भारतको राष्ट्रिय राजधानीको कतिपय क्षेत्रको एक्यूआई सूचकाङ्क ‘गम्भीर’ श्रेणीमा झरेको छ । जाडोयाममा पञ्जाब, उत्तर प्रदेश, हरियाणा र राजस्थानमा न्यानोका लागि पराल जलाउँदा राष्ट्रिय राजधानीको वायुको गुणस्तर पनि प्रभावित हुने गरेको छ ।

यसैबीच, राजधानी क्षेत्र एनसीआर र आसपासका क्षेत्रहरूमा वायु गुणस्तर व्यवस्थापनको लागि प्रशासनले निर्देशनहरूको कार्यान्वयन र अनुपालन सुनिश्चित गर्न आफ्नो प्रयासहरू तीव्र पारेको जनाएको छ ।

राजस्थानमा कोइलामा आधारित ४५ वटा औद्योगिक इकाइलाई बन्द गर्न निर्देशन दिइएको बताइएको छ । यसबाहेक, हरियाणामा ९ र उत्तर प्रदेशमा २३ गरी ३२ कोइलामा आधारित इकाइहरू स्थायी रूपमा बन्द गरिएको छ । हरियाणामा आठ र उत्तर प्रदेशमा ४० वटा गरी ४८ वटा इकाईले अस्थायी रूपमा आफ्नो सञ्चालन स्थगन गरेका छन् ।

वर्गीकृत प्रतिक्रिया कार्य योजना (जीआरएपी) उप–समितिले वायुको गुणस्तरमा थप गिरावट रोक्नको लागि सम्पूर्ण उपायलाई अवलम्बन गर्ने बताएको छ ।

“यस अन्तर्गत, सेन्ट्रल भिस्टा जस्ता विशेष परियोजनाहरू र राष्ट्रिय आवश्यकताका अन्य परियोजनाबाहेक सबै निर्माण कार्यहरू प्रतिबन्धित गरिनेछ,” एनसीआर र आसपासका क्षेत्रहरूमा वायु गुणस्तर व्यवस्थापन आयोगको प्रेस विज्ञप्तिमा भनिएको छ ।

बैठकको समयमा समग्र वायु गुणस्तर मापदण्डहरूको व्यापक समीक्षा गर्दा, आयोगले प्रतिकूल मौसमी अवस्थाको कारण ढिलो हावाको गति र खेतमा छापो लगाउने घटनाहरूमा अचानक वृद्धिको कारण वायुको गुणस्तरमा वृद्धि भएको हो ।

प्रकाशित मिति : १३ कार्तिक २०७९, आइतबार  ३ : २८ बजे

निर्वाचनअगावै राष्ट्रिय राजमार्गको खाल्डाखुल्डी मर्मत गर्न माग

काठमाडौं – देशभरका यातायात व्यवयासीको छाता संस्था नेपाल यातायात व्यवसायी

फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन डंगोलको निर्देशन

काठमाडौं- फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन काठमाडौं महानगरपालिकाकी कार्यवाहक

गाउँ–गाउँमा विकासका आधार तयार गर्ने काम एमालेकै नेतृत्वमा सम्भव भयो : ओली

गौरादह – नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

तीन हजार विद्यार्थीको निःशुल्क मुटु परीक्षण

म्याग्दी – बेनी नगरपालिकामा आज आयोजित मुटु परीक्षण शिविरमा तीन

उम्मेदवारी खारेजपछि रेशमले भने : राजनीतिक सिकार बनाइयो

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टीका संरक्षक रमेश चौधरीले आफ्नो उम्मेदवारी खारेज