दिल्लीमा वायुको गुणस्तर खराब बन्दै « Khabarhub

दिल्लीमा वायुको गुणस्तर खराब बन्दै


१३ कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतको राजधानी नयाँ दिल्लीमा वायुको गुणस्तर खराब बन्दै गएको पाइएको छ । दिल्लीमा वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) ३५० पुगेको छ ।

वायुको गुणस्तर मापन तथा मौसम पूर्वानुमान र अनुसन्धान प्रणालीसम्बन्धी काम गर्ने संस्था ‘सफर’ ले आइतबार बिहान रेकर्ड गरिएको सूचकांकमा दिल्लीको वायु गुणस्तर ‘अति खराब’ श्रेणीमा रहेको जनाएको छ ।

संस्थाका अनुसार समग्र दिल्ली क्षेत्रको एक्यूआई ३५० अर्थात् ‘अति खराब’ श्रेणीमा रहेको छ । दिल्ली विश्वविद्यालय क्षेत्र र पुसामा एक्यूआई क्रमशः ३७२ र ३४३ रहेको छ ।

नयाँ दिल्लीको वायुको गुणस्तरमा आएको गिरावटका कारण खासगरी इन्डिया गेट नजिकै काम गर्ने, साइकल यात्री र शारिरीक व्यायामका लागि बिहानमा पैदल यात्रा गर्ने व्यक्तिहरू प्रभावित भएका छन् ।

शनिवार साँझ भारतको राष्ट्रिय राजधानीको कतिपय क्षेत्रको एक्यूआई सूचकाङ्क ‘गम्भीर’ श्रेणीमा झरेको छ । जाडोयाममा पञ्जाब, उत्तर प्रदेश, हरियाणा र राजस्थानमा न्यानोका लागि पराल जलाउँदा राष्ट्रिय राजधानीको वायुको गुणस्तर पनि प्रभावित हुने गरेको छ ।

यसैबीच, राजधानी क्षेत्र एनसीआर र आसपासका क्षेत्रहरूमा वायु गुणस्तर व्यवस्थापनको लागि प्रशासनले निर्देशनहरूको कार्यान्वयन र अनुपालन सुनिश्चित गर्न आफ्नो प्रयासहरू तीव्र पारेको जनाएको छ ।

राजस्थानमा कोइलामा आधारित ४५ वटा औद्योगिक इकाइलाई बन्द गर्न निर्देशन दिइएको बताइएको छ । यसबाहेक, हरियाणामा ९ र उत्तर प्रदेशमा २३ गरी ३२ कोइलामा आधारित इकाइहरू स्थायी रूपमा बन्द गरिएको छ । हरियाणामा आठ र उत्तर प्रदेशमा ४० वटा गरी ४८ वटा इकाईले अस्थायी रूपमा आफ्नो सञ्चालन स्थगन गरेका छन् ।

वर्गीकृत प्रतिक्रिया कार्य योजना (जीआरएपी) उप–समितिले वायुको गुणस्तरमा थप गिरावट रोक्नको लागि सम्पूर्ण उपायलाई अवलम्बन गर्ने बताएको छ ।

“यस अन्तर्गत, सेन्ट्रल भिस्टा जस्ता विशेष परियोजनाहरू र राष्ट्रिय आवश्यकताका अन्य परियोजनाबाहेक सबै निर्माण कार्यहरू प्रतिबन्धित गरिनेछ,” एनसीआर र आसपासका क्षेत्रहरूमा वायु गुणस्तर व्यवस्थापन आयोगको प्रेस विज्ञप्तिमा भनिएको छ ।

बैठकको समयमा समग्र वायु गुणस्तर मापदण्डहरूको व्यापक समीक्षा गर्दा, आयोगले प्रतिकूल मौसमी अवस्थाको कारण ढिलो हावाको गति र खेतमा छापो लगाउने घटनाहरूमा अचानक वृद्धिको कारण वायुको गुणस्तरमा वृद्धि भएको हो ।

प्रकाशित मिति : १३ कार्तिक २०७९, आइतबार  ३ : २८ बजे

दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रमा सभामुख र राष्ट्रियसभा अध्यक्ष

काठमाडौं– सभामुख डोलप्रसाद अर्याल र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले कञ्चनपुरको

ट्राफिक कारबाहीमा एकैदिन करिब २१ लाख राजस्व सङ्कलन

काठमाडौँ– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले एकै दिन दुई हजार

वातावरण संरक्षणका लागि कानूनसँगै व्यवहारिक परिवर्तन आवश्यक : सांसदहरू

काठमाडौँ– प्रतिनिधिसभाका सांसदहरुले वातावरण संरक्षणका लागि नीतिगत तथा कानूनी व्यवस्थासँगै

नेकपाका सांसदलाई अभिमूखीकरण तालिम

काठमाडौँ– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आफ्ना सांसदलाई अभिमूखीकरण तालिम

चिडियाखानालाई दश लाख रुपैयाँ सहयोग

काठमाडौँ– प्रभु शम्शेर तथा राजी राणा कोषले सदर चिडियाखानामा राखिएको