नेपालगञ्जमा चुराको गोदाममा आगलागीमा हुँदा एक जनाको मृत्यु « Khabarhub

नेपालगञ्जमा चुराको गोदाममा आगलागीमा हुँदा एक जनाको मृत्यु


१३ कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बाँकेको नेपालगञ्जस्थित चुराको गोदाममा आगलागीमा परेर एक जनाको मृत्यु भएको छ । उक्त घटनामा एक जना घाइते भएका छन् ।

नेपालगञ्ज उपमहानगरपालिका–५ रामनगरस्थित रमेशकुमार नागको घरमा रहेको चुराको गोदाममा आज एक्कासी आगलागी हुँदा बर्दियाको मधुवन नगरपालिका–८ का २३ वर्षीय समिर वलीको मृत्यु भएको हो । उक्त गोदाम आरिफ अन्सारीले भाडामा लिएका थिए ।

प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार आगलागीबाट गम्भीर घाइते वलीको उपचारका क्रममा भेरी अस्पताल नेपालगञ्जमा मृत्यु भएको हो ।

मृतक वली शनिबार भेटघाटका लागि गोदाममा आएका थिए । घाइते भएका गोदाम सञ्चालक अन्सारीको भेरी अस्पतालमा उपचार भइरहेको छ । विद्युत् तार सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ ।

नेपाली सेना, प्रहरी, दमकल र स्थानीयको सहयोगमा आगो निभाइएको छ । आगलागीबाट करिब रु ४२ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ

प्रकाशित मिति : १३ कार्तिक २०७९, आइतबार  ४ : ५७ बजे

भोटेकोशी बाढी : ऊर्जा संरचना पुनर्निर्माणमा तीन खर्ब ९० अर्ब लाग्ने प्रारम्भिक अनुमान

काठमाडौं– भोटेकोशी र त्रिशूली बाढीबाट क्षति भएका जलविद्युत् आयोजना पुनःनिर्माणमा

सेयर बजारमा गिरावट, कतिले घट्यो नेप्से ?

काठमाडौं– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज ४

आणविक निशस्त्रीकरणका लागि वार्तामा फर्कन गुटेरेसको आह्वान

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले आणविक हतियारमुक्त विश्व निर्माणका

दसैँ–तिहारमा हवाई भाडा बढाएको भन्दै रास्वपा सांसदको आपत्ति

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रमेश प्रसाईँले दसैँ–तिहारको समयमा

प्रतिनिधिसभामा सांसदले उठाए यी विषय

काठमाडौं- प्रतिनिधिसभाको आजको आकस्मिक समयमा सांसदहरूले बाढीपहिरोबाट भएको क्षति, बेपत्ता