राष्ट्रपतिद्वारा कमलपोखरीमा छठ पूजा | Khabarhub Khabarhub

राष्ट्रपतिद्वारा कमलपोखरीमा छठ पूजा


१३ कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले कमलपोखरीमा निर्माण गरिएको छठ पूजास्थलमा गई छठी माताको पूजा आराधना गरेकी छिन् । काठमाडौँ महानगरपालिकाको संयोजनमा तयार गरिएको सो पूजास्थलमा पुगी उनले अस्ताउँदो सूर्यलाई अर्घ्यदान गरिन् ।

त्यसअघि राष्ट्रपति भण्डारीले पशुपति क्षेत्रस्थित गुह्येश्वरी मन्दिर अघि बाग्मती किनारमा निर्माण गरिएको छठ पूजा स्थलमा गई सूर्यसहित छठी माताको पूजा आराधाना एवं अर्घ्यदान गरेकी थिइन् । अस्ताउँदो सूर्यको पूजा आराधना गर्न कमलपोखरीलाई झकिझकाउ पारिएको थियो । कमलपोखरीमा श्रद्धालु, बर्तालु र भक्तजनको बाक्लो उपस्थिति थियो ।

पूजा स्थलमा आयोजित संक्षिप्त कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले ज्येष्ठ नागरिक, समाजसेवी, शिक्षा सेवी, उद्योगी व्यवसायीलाई सम्मान गरेकी थिइन् । पूजा स्थलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठ, पूर्व मन्त्री गगनकुमार थापा, काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह, उपप्रमुख सुनिता डङ्गोल, विभिन्न वडाका वडाध्यक्षलगायतको उपस्थिति थियो ।

प्रकाशित मिति : १३ कार्तिक २०७९, आइतबार  ६ : २० बजे

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको

खर्च नियम उल्लङ्घन गरेको आरोपमा इयुद्वारा फ्रान्सविरुद्ध कारबाही

ब्रसेल्स – फ्रान्स, इटाली र युरोपेली सङ्घ (इयु) ब्लकका अन्य

पाँच वर्षपछि लिबियामा भारतीय राजदूतावास पुनः स्थापना

काठमाडौं – भारतले उत्तर अफ्रिकी मुलुक लिबियामा आफ्नो राजदूतावास पुनः