थप २० जनामा कोरोना संक्रमण पुष्टि « Khabarhub

थप २० जनामा कोरोना संक्रमण पुष्टि


१३ कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ८४ नमूना परीक्षण गर्दा २० जनामा सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ३४ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । यस्तै सोही अवधिमा कसैको मृत्यु भएको छैन ।

हालसम्म नेपालमा कोरोनाबाट १२ हजार १९ जनाको मृत्यु भइसकेको मन्त्रालयले जनाएको छ । यसका साथै मुलुकमा पीसीआर परीक्षण गर्दा १० लाख ५५० जना र एन्टिजेन परीक्षण गर्दा एक लाख ५२ हजार १५५ जनामा कोरोना संक्रमण देखिएको छ ।

त्यसमध्ये नौ लाख ८७ हजार ९७९ जना निको भइसकेका छन् । हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ५५२ रहेको छ ।

प्रकाशित मिति : १३ कार्तिक २०७९, आइतबार  ६ : ३५ बजे

क्यासिनोबाट पाँच जना प्रहरी नियन्त्रणमा

वीरगन्ज (पर्सा)- क्यासिनोभित्र नेपाली प्रवेश गराई जुवा खेल्ने–खेलाउने कार्यमा संलग्न

बाढीले खोस्यो दसैँको टीका, बेपत्ता आफन्तको पर्खाइमा खाली निधार

बर्दिया- बडादसैँमा अभिभावकका हातबाट टीका र जमरा लगाएर आशीर्वाद थाप्ने

नेवार समुदायले मनाए मोहनी नखः

भक्तपुर- भक्तपुरका नेवार समुदायले आज मोहनी नखः मनाएका छन् ।

जेडी भान्सको राष्ट्रपति उम्मेदवारीबारे अहिले नै भन्नु हतार हुन्छ : ट्रम्प

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उपराष्ट्रपति जेडी भान्सको भावी

दसैँका लागि सेलरोटी पकाउने चटारो

पर्वत – बडादसैँ नजिकिएसँगै पर्वतको फलेबास नगरपालिका–२ मा घरघरमा सेलरोटी