चालु आवको तीन महिनामा नेपालको व्यापार घाटा साढे तीन खर्ब नाघ्यो | Khabarhub Khabarhub

चालु आवको तीन महिनामा नेपालको व्यापार घाटा साढे तीन खर्ब नाघ्यो


१३ कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चालु आर्थिक वर्ष २०७९/८० को पहिलो तीन महिना (साउन, भदौ र असोज) मा नेपालको वैदेशिक व्यापार घाटा साढे तीन खर्ब नाघेको छ ।

भन्सार विभागका अनुसार पछिल्लो तीन महिनामा नेपालको कुल वैदेशिक व्यापार ४ खर्ब ४२ अर्ब ८१ करोड ८४ लाख ९४ हजार रुपैयाँको रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा यसवर्ष वैदेशिक व्यापार १८.५४ प्रतिशतले घटेको छ ।

अघिल्लो आर्थिक वर्ष २०७८/७९ को पहिलो तीन महिनामा नेपालको कुल वैदेशिक व्यापार ५ खर्ब ४३ अर्ब ५६ करोड ६० लाख ५४ हजार रुपैयाँ रहेको थियो ।

पछिल्लो तीन महिनामा नेपालको कूल व्यापार घाटा ३ खर्ब ५९ अर्ब १७ करोड ८१ लाख ९ हजार रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा यसवर्ष नेपालको व्यापार घाटा १३.१२ प्रतिशतले घटेको छ ।

आर्थिक वर्ष २०७८/७९ को पहिलो तीन महिनामा नेपालले ४ खर्ब १३ अर्ब ४७ करोड ३ लाख ८६ हजार रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको थियो ।

गत साउनदेखि असोजसम्मको तीन महिनाको अवधिमा नेपालले ४ खर्ब ९९ करोड ८३ लाख २ हजार रुपैयाँको वस्तु विभिन्न देशबाट आयात गरेको विभागको तथ्याङ्कले देखाउँछ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा यसवर्ष आयातमा १६.२० प्रतिशतले कमी आएको छ ।

आर्थिक वर्ष २०७८/७९ को पहिलो तीन महिनामा नेपालले विभिन्न देशबाट ४ खर्ब ७८ अर्ब ५२ करोड ३२ लाख २० हजार रुपैयाँको वस्तु आयात गरेको थियो ।

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा नेपालले केबल ४१ अर्ब ८२ करोड १ लाख ९३ हजार रुपैयाँको वस्तु निर्यात गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा यसवर्ष नेपालको निर्यात व्यापार ३५.७१ प्रतिशतले घटेको छ ।

आर्थिक वर्ष २०७८/७९ को पहिलो तीन महिनामा नेपालले ६५ अर्ब ५ करोड २८ लाख ३४ हजार रुपैयाँको वस्तु विभिन्न देशमा निर्यात गरेको थियो ।

प्रकाशित मिति : १३ कार्तिक २०७९, आइतबार  ६ : ४५ बजे

छठमा नुहाउनेक्रममा बेपत्ता भएका व्यक्ति मृत भेटिए

राजविराज (सप्तरी)– आज यहाँ छठ पर्व मनाउने क्रममा पोखरीमा डुबेर

चुनाव सफल बनाउने गरी काम गर्न सुरक्षा निकायलाई गृहमन्त्री अर्यालको निर्देशन

जनकपुरधाम– गृहमन्त्री ओमप्रकाश अर्यालले फागुन २१ गतेको प्रतिनिधिसभा चुनावका लागि

सबै मिलेर तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्न लागौँ : नेता थानी

सुर्खेत- नेपाली कांग्रेसका नेता हृदयराम थानीले सबै राजनीतिक दल मिलेर

ठगी प्रकरणमा पक्राउ परे एमालेका पूर्वसांसद देवीप्रसाद भट्टचन

काठमाडौं- प्रभु ग्रुपअन्तर्गतको प्रभु म्यानेजमेन्ट प्रालिले ठगी गरेको प्रकरणमा मुछिएका

एरिका र प्रशिक्षक श्रेष्ठ नगदसहित सम्मानित

काठमाडौं- नेपाली राष्ट्रिय कराते खेलाडी एरिका गुरुङ र प्रशिक्षक कुशल