छठ पर्वका कारण जनकपुरधामको ट्राफिक अस्तव्यस्त « Khabarhub

छठ पर्वका कारण जनकपुरधामको ट्राफिक अस्तव्यस्त


१३ कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मधेस प्रदेशको राजधानी जनकपुरधाम अन्य दिनको तुलनामा आज अस्तव्यस्त बनेको छ । छठ पर्वको मुख्य दिन आज ‘सँझुका अर्घ्य’ परेकाले बजारमा अत्यधिक भीड बढ्दा अस्तव्यस्त बनेको हो ।

बजारमा मानिस र सवारीसाधनको अत्यधिक भीड बढे पनि ट्राफिक प्रहरीले व्यवस्थापन गर्न सकेको छैन । सहरका मुख्यचोकमा अत्यधिक भीड देखिएको छ । पोखरी घाटहरूमा जाने बजारका मूल सडकहरू पनि बिहानैदेखि भरिभराउ हुँदा ट्राफिक व्यवस्थापनमा चुनौती थपिएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रमुख चन्द्रभुषण यादवले नगरभित्रका पोखरी घाटहरूलाई बढी केन्द्रित गरेर जनशक्ति परिचालन गरिएकाले सडकमा बढेको भीडभाड व्यवस्थापन गर्न समस्या भएको जानकारी दिए ।

उनले नेपाल प्रहरीसँग समन्वय गरेर नियमित ड्युटीबाहेक नगरभित्र १५ ट्राफिक प्रहरी खटाइएको बताए । उता, छठ पर्वमा हुनसक्ने सम्भावित घटनालाई दृष्टिगत गर्दै नेपाल प्रहरीले पनि नगरभित्र म्यादी र जनपद गरी चार सय प्रहरी परिचालन गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले बताए ।

प्रकाशित मिति : १३ कार्तिक २०७९, आइतबार  ७ : ०० बजे

‘मानवबस्ती जोखिममा पार्ने गरी हात्तीको जैविक मार्ग बनाउन नहुने’

झापा – जङ्गली हात्तीको आक्रमण र क्षतिबाट वर्षौँदेखि पीडित बनेका

मनकामनामा गोरखाका पर्यटकीय गन्तव्यबारे जानकारी दिन ‘डिजिटल बोर्ड’

गोरखा – प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल मनकामना आउने पर्यटकलाई गोरखासम्म

गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, १७ जना घाइते

स्याङ्जा – गल्याङमा आज साँझ भएको जिप दुर्घटनामा परी ज्यान

इरान धराशायी बन्दै गएको ट्रम्पको दाबी, आर्थिक दबाब थप कडा बनाउने चेतावनी

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान आर्थिक, सामाजिक तथा

४७ जना उपसचिवको सरुवा (सूचीसहित)

काठमाडौं – भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन