नयाँ प्रधानमन्त्री बन्नेमा देउवा ढुक्क | Khabarhub Khabarhub

नयाँ प्रधानमन्त्री बन्नेमा देउवा ढुक्क

प्रचण्ड, माधव नेपालदेखि साना दलको पनि समर्थन, गगन कमजोर !


१४ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नयाँ प्रधानमन्त्री बन्नेमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा ढुक्क देखिएका छन्। माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी लगायतको समर्थनमा कांग्रेस सभापति देउवा छैटौँपटक प्रधानमन्त्री बन्नेमा ढुक्क देखिएका हुन्।

समानुपातिक सिट संख्या आएपछि कांग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादी केन्द्र तथा केही साना पार्टीको समर्थन भएमा देउवा प्रधानमन्त्री बन्न समस्या छैन। तर कांग्रेसभित्रै पुस्तान्तरण गर्नुपर्ने भन्दै महामन्त्री गगन थापा जबरजस्त प्रधानमन्त्री बन्ने दाउमा छन्।

यद्यपि संसदीय दलको नेता बन्न पनि सिट संख्या नपुग्ने भएपछि गगन ‘कन्फ्युज’ छन्। शेखर कोइरालाले साथ दिएमा गगनको सम्भावना नकार्न सकिन्न। तर स्पष्ट रुपमा बहुमत नआएकाले गठबन्धनको नेतृत्व गर्दै देउवा फेरि नयाँ प्रधानमन्त्री बन्नुपर्ने स्पष्ट आवश्यकता छ। यो सबै कांग्रेसीले बुझेका छन्।

देउवा नै नयाँ प्रधानमन्त्री बन्ने निश्चित भएपछि बालुवाटारमा नयाँ कांग्रेस सांसदको लाइन लागिरहेको उच्च स्रोतले जनाएको छ। कतिपयले मन्त्री माग्नका लागि र कतिपय प्रधानमन्त्रीमा देउवालाई समर्थन गर्नका लागि पनि बालुवाटार धाइरहेका छन्।

खासगरि संसदीय दलको चुनावमा रोचक प्रतिस्पर्धा हुने भएपछि गगनभन्दा अहिले देउवातिर ठूलो समर्थन रहेको छ। सांसद जितेपछि कांग्रेस नेता, माओवादी नेता तथा समाजवादीकै नेताहरु पनि बालुवाटार धाइरहेका छन्।

नयाँ मतदान भएको ठाउँबाट आउने मतले पनि माधव नेपाललाई केही राहत हुने पक्का छ। यसको सिधा श्रेय पनि देउवालाई जान सक्नेछ।

प्रचण्डसँग कम्तीमा दुई वर्ष प्रधानमन्त्री बन्ने र त्यसपछि सत्ता हस्तान्तरण गर्ने सर्तमा देउवा नयाँ प्रधानमन्त्री बन्ने योजनामा छन्। यसका लागि बालुवाटारमा छलफल पनि भइरहेको छ। माधव नेपालसँग पनि उनले चाहेको पदअनुसार भागबन्डा गर्ने योजना भइरहेको छ।

देउवालाई प्रधानमन्त्री बनाउन कांग्रेसका अधिकांश नेता कार्यकर्ता र सांसद तयार देखिन्छन्। गठबन्धनलाई मिलाएर लैजानुपर्ने बाध्यताका कारण पनि कांग्रेसलाई यतिबेला देउवाको भूमिका आवश्यक छ। सभापति तथा प्रधानमन्त्री भएका कारण चुनावमा गठबन्धनलाई बहुमत आएका कारण गगन भन्दा देउवा यतिबेला निर्णायक प्रधानमन्त्री हुन्।

गगनको दाबी अस्वाभाविक होइन, यद्यपि कांग्रेसले संसदीय दलको नेतामा अहिल्यै नै गगनलाई भोट हाल्नेमा शंका देखिन्छ। देउवासँग स्वतः संसदीय दलको नेता बन्ने भोट छ। त्यही भोट गगनलाई पाउन कठिन छ।

त्यसमाथि जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी पनि सरकारमा आउने तयारीमा छन्। उनीहरु कम्तीमा एक एक जना मन्त्री पाएमा सहजै सरकारमा आउने भएकाले पनि देउवा त्यो हिसाब मिलाउने पक्षमा छन्।

समानुपातिक मतगणना सकिएमा माधव नेपालको पार्टी पनि राष्ट्रिय पार्टी बन्ने सम्भावना बलियो छ। नयाँ मतदान भएको ठाउँबाट आउने मतले पनि माधव नेपाललाई केही राहत हुने पक्का छ। यसको सिधा श्रेय पनि देउवालाई जान सक्नेछ।

यसर्थ कम्तीमा पुस पहिलो हप्तामा देउवा नयाँ प्रधानमन्त्री हुने र देशले नयाँ सरकार पाउने सम्भावना बलियो बनेको छ।

प्रकाशित मिति : १४ मंसिर २०७९, बुधबार  ९ : ३० बजे

न्यूनतम साझा कार्यक्रम कार्यान्वयन गर्ने अर्थ मन्त्रालयको निर्णय

काठमाडौं – अर्थ मन्त्रालयले सरकारको न्यूनतम साझा कार्यक्रममा समावेश विषयलाई

सम्पूर्ण नेपाली जनता एकताबद्ध भएर अघि बढ्नुपर्छ : सभापति देउवा

वीरगञ्ज – नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सम्पूर्ण

स्वास्थ्यमन्त्री पौडेल र माल्दिभ्सका स्वास्थ्यमन्त्री खलीलबीच भेट, केके भए कुराकानी ?

काठमाडौं । इन्डोनेसियाको भ्रमणमा रहेका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल

पाकिस्तानी संस्थापनले मुलुकलाई ‘अधिनस्थ भूभाग’ बनायो : एमक्यूएम प्रमुख

काठमाडौं – पाकिस्तानको मुत्थैदा कोमी मुभमेन्ट (एमक्यूएम)का प्रमुख अल्ताफ हुसैनले

पूर्व सभामुख सापकोटाविरुद्धको मुद्दामा भएन निर्णय, फेरि सुरूबाट सुनुवाइ हुने

काठमाडौं-  १२ वर्षदेखि सर्वोच्च अदालतमा विचाराधीन नेकपा माओवादी केन्द्रका उपाध्यक्ष