स्याफ्रुबेँसी–खाम्जिङ जोड्ने अस्थायी काठेपुल सञ्चालन « Khabarhub

स्याफ्रुबेँसी–खाम्जिङ जोड्ने अस्थायी काठेपुल सञ्चालन


१३ कार्तिक २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रसुवा– भोटेकोशी बाढीले सडक सञ्जाल टुटेपछि अवरुद्ध रसुवाको स्याफ्रुबेँसीबाट गोसाइँकुण्ड गाउँपालिकाका विभिन्न वडालाई जोड्ने काठेपुल सञ्चालनमा आएका छन् । स्थानीयवासीको आवतजावतलाई सहज बनाउन निर्माण गरिएको अस्थायी काठेपुल बिहीबारदेखि सञ्चालनमा आएको हो ।

गोसाइँकुण्ड गाउँपालिका–३ का वडाध्यक्ष मिङमार छिरिङ तामाङका अनुसार बाढीले सडक अवरुद्ध पारेपछि वडा कार्यालय र स्थानीयवासीको संयुक्त अगुवाइ तथा व्यवस्थापनमा लगातार तीन दिन लगाएर सो पुल निर्माण गरिएको हो ।

काठे पुल सञ्चालनमा आएसँगै गोसाइँकुण्ड गाउँपालिका–३ को खाम्जिङ, वडा नं २ को टिमुरे र वडा नं ४ को लाड्टाङ आवतजावत गर्ने स्थानीयवासीलाई सहज भएको वडाध्यक्ष तामाङले जानकारी दिए ।

वडा कार्यालय र स्थानीय युवाको पहलमा पुल निर्माण गरिएको हो । पुलका लागि आवश्यक काठ स्थानीयस्तरमा नै संकलन गरिएको थियो ।
 

प्रकाशित मिति : १३ कार्तिक २०८३, शुक्रबार  ७ : २२ बजे

‘अर्नब’को प्रभाव : कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको यात्रा प्रभावित

ताप्लेजुङ– बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ का कारण हिमाली क्षेत्रको

ब्रसेल्समा संयुक्त पर्यटन प्रवर्द्धन कार्यक्रम : सेलरोटी र छोइलामा रमाए पाहुना

काठमाडौँ–  ब्रसेल्सस्थित नेपाली राजदूतावासले भुटान, माल्दिभ्स र श्रीलंकाका राजदूतावाससँगको सहकार्यमा

आँबुखैरेनीमा पहिलोपटक व्यावसायिक सयपत्री फूलखेती

दमौली – तनहुँको आँबुखैरेनी गाउँपालिका–३ आँबुगाउँका छ जना किसानले सामूहिक रूपमा

जुम्लाको स्याउ स्याङ्जाका उपभोक्ताको घरदैलोमा

वालिङ– जुम्लाको स्याउ यहाँका उपभोक्ताको रोजाइमा पर्ने गरेको छ ।

स्याफ्रुबेँसी–खाम्जिङ जोड्ने अस्थायी काठेपुल सञ्चालन

रसुवा– भोटेकोशी बाढीले सडक सञ्जाल टुटेपछि अवरुद्ध रसुवाको स्याफ्रुबेँसीबाट गोसाइँकुण्ड