युएईमा एक हजार चालिस कैदी बन्दीले पाए आममाफी  | Khabarhub Khabarhub

युएईमा एक हजार चालिस कैदी बन्दीले पाए आममाफी 



दोहा – युएईमा एक हजार चालिस कैदी बन्दीले आममाफी पाएका छन्। युएई सरकारले राष्ट्रिय दिवसको अवसरमा विभिन्न मुद्दामा जेल जीवन बिताइरहेका १ हजार ४० जना कैदी बन्दीलाई आममाफी दिएको हो।

दुबईका शासक युएईका उपराष्ट्रपति तथा प्रधानमन्त्री समेत रहेका शेख मोहम्मद बिन रसिद अल मकतूमले युएईको ५१औं राष्ट्रिय दिवस अघि दुबईको सुधारात्मक र दण्डात्मक प्रतिष्ठानका १ हजार ४० जना कैदीहरूलाई रिहा गर्न आदेश दिएका छन्।

यस अवसरमा दुबईका महान्यायाधिवक्ता चान्सलर एसाम इसा अल हुमैदानले कैदीहरूलाई माफी दिने शासक शेख मोहम्मदको आदेशले सजाय पाएका कैदीहरूलाई नयाँ जीवन सुरु गर्ने र उनीहरूको परिवारको कठिनाइलाई कम गर्ने मौका दिएको बताए।

साथै उनीहरूलाई समाजमा पुनः एकीकरण गर्ने अवसर प्रदान होस् भन्दै महान्यायाधिवक्ता अल हुमैदानले आदेश कार्यान्वयन गर्न दुबई पब्लिक प्रोसिक्युसनले दुबई प्रहरीसँग समन्वय गर्ने बताए।

युएई सरकारले राष्ट्रिय दिवस, इदजस्ता विशेष अवसरहरूमा कैदीहरूलाई आफ्नो जीवनमा गल्ती सुधार्ने दोस्रो मौका दिँदै नयाँ जीवन जिउनको लागि हरेक वर्ष आममाफी दिँदै आएको छ।

यसमा जेल जीवन बिताइरहेका कुन देशका कति कैदीबन्दीहरुले आममाफी पाए केही खुलाइएको छैन। १ हजार ४० जना मध्ये धेरै नेपाली कैदीबन्दीहरुले पनि आममाफी पाएको बुझिएको छ।

युएईले प्रत्येक वर्ष २ डिसेम्बरलाई स्वतन्त्रता दिवसको रूपमा मनाउने गर्छ। युएईको मन्त्रीपरिषद्ले बैठकले राष्ट्रिय दिवसको अवसरमा ३ दिन सार्वजनिक बिदा दिएको छ।

प्रकाशित मिति : १४ मंसिर २०७९, बुधबार  ७ : ३५ बजे

शीतल निवासमा सरकार र जेन-जी प्रतिनिधिबीच छलफल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलको समुपस्थितिमा सरकार र जेन-जी प्रतिनिधिबीच छलफल

तनावमा देखिएकी प्रधानमन्त्री पत्रकारले प्रश्न सोध्दा झोंक्किइन्, झर्किएर जवाफ दिएको भिडियो भाइरल

काठमाडौं- गत भदौ २७ गते अन्तरिम सरकारको प्रधानमन्त्री बनेकी सुशीला

कांग्रेस बैठक : छिटो भन्दा छिटो महाधिवेशन गर्नुपर्नेमा जोड

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा नेताहरूले छिटो भन्दा छिटो

सुशासन र जनतालाई सरल सेवा प्रवाह गर्नु सरकारको पहिलो प्राथमिकता : मुख्यमन्त्री सोनल

महेन्द्रनगर– मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार (सोनल)ले ‘जेन-जी’ आन्दोलनले उठाएको