समानुपातिकतर्फ १ करोड मतगणना सकियो, कुन दलको कति ? | Khabarhub Khabarhub

समानुपातिकतर्फ १ करोड मतगणना सकियो, कुन दलको कति ?


१४ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ एक करोड मतगणना सकिएको छ । निर्वाचन आयोगका अनुसार आज बिहान ९ बजेसम्म १ करोड २ हजार ९०७ मतगणना भएको छ ।

जसअनुसार एमाले पहिलो दल बन्‍ने निश्चित छ । एमालेले २६ लाख ९६ हजार ५७५ मत ल्याएको छ भने कांग्रेस २५ लाख ५३ हजार ९४ मतसहित पछ्याइरहेको छ ।

तेस्रोमा माओवादी केन्द्र रहेको छ । माओवादीले ११ लाख ४३ हजार ८९४ मत ल्याउँदा राष्ट्रिय स्वतन्त्र पार्टी १० लाख ९८ हजार २७५ मतसहित पछ्याइरहेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी ५ लाख ७० हजार ६५४ मतसहित पाँचौ स्थानमा रहेको छ भने जनता समाजवादीको मत ३ लाख ८९ हजार १९७ रहेको छ ।

एकीकृत समाजवादीभन्दा अगाडि जनमत पार्टी रहेको छ । जनमत पार्टीको मत ३ लाख ४९ हजार ३५२ मत रहँदा एकीकृत समाजवादीको मत २ लाख ८२ हजार २६२ छ । नागरिक उन्मुक्ति पार्टीको मत भने २ लाख ५० हजार ५९ रहेको छ ।

लोकतान्त्रिक समाजवादी पार्टी नेपालले १ लाख ४८ हजार ५७ र नेपाल मजदुर किसान पार्टीले ७३ हजार ६०३ मत पाएको छ।

अब बाजुरा, स्याङ्जा-२, दोलखा र सुनसरी-३ को १ लाख मतगणना बाँकी छ ।

प्रकाशित मिति : १४ मंसिर २०७९, बुधबार  ९ : १० बजे

जबज सामाजिक न्यायका लागि मार्गदर्शन गर्ने चिन्तन हो : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले अभ्यास गरिरहेको

सिङ्गो मुलुकले माधव नेपाललाई भ्रष्टाचारी भन्न सकेको छैन, झाँक्रीले मरेको सिनो भन्ने ? – पाण्डे

काठमाडौं– नेकपा एकीकृत समाजवादीकी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले अध्यक्ष

जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषित

काँक्रेविहार– जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा भएको छ

सुत्केरी हुन नसकेपछि दुई गर्भवतीको हवाई उद्धार

गलकोट– बुर्तिबाङ अस्पतालमा सुत्केरी हुन नसकेपछि दुई जना गर्भवतीको हवाई