सल्यानका तत्कालिन प्रमुख इन्जिनियरसहित ६ जनाविरुद्ध अख्तियारकाे मुद्दा « Khabarhub

सल्यानका तत्कालिन प्रमुख इन्जिनियरसहित ६ जनाविरुद्ध अख्तियारकाे मुद्दा


१४ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वाधार विकास कार्यालय सल्यानका तत्कालिन निमित्त कार्यालय प्रमुख इन्जिनियर विनोद पुन, सब–इन्जिनियर, उपभोक्ता समितिका अध्यक्षसमेत ६ जनाविरुद्ध गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा आरोप पत्र दायर गरेको छ ।

शारदा नगरपालिका–१५ अन्तर्गत पूर्वाधार विकास कार्यालय, सल्यानबाट आर्थिक वर्ष ०७७/०७८ मा सडक निर्माणमा लागत अनुमान विपरित कार्य गरी अनियमितता गरेको भन्ने उजुरीको अनुसन्धान गर्दा पुन, सब–इन्जिनियर प्रकाश शाही र सब–इन्जिनियर कुमार बोहराले सडक निर्माणस्थलमा नभएको कामको परिमाणसमेत मूल्याङ्कन गरी नापी किताबमा चढाई प्रतिवेदन तयार गरेको फेला परेको अख्तियारको भनाइ छ ।

पुन, शाही र बोहराले बदनियतपूर्वक भए गरेको काम लुकाई छिपाई नभए नगरेको कुरा देखाई गलत कार्यसम्पन्न प्रतिवेदन स्वीकृत गरेको आरोप छ । उनीहरूलाई सात लाख चौध हजार ४१ रुपैयाँ बिगो जरिवाना र कानूनअनुसार सजायको मागदाबी गरिएको छ ।

साथै, सुन्दरडाँडा–थाङ्नेखोला सडक निर्माण उपभोक्ता समितिका तत्कालीन अध्यक्ष कुलबहादुर वुढा, कोषाध्यक्ष नन्दकुमारी कवर र सचिव मानदेव कवरले फिल्ड भएको वास्तविक कामभन्दा बढी मूल्याङ्कन गरी गराई कार्य सम्झौता विपरित भुक्तानी लिएको आरोपमा आरोपपत्र दायर गरेको छ । वुढा, कवर र मानदेव कवरबाट सात लाख १४ ७१ रुपैयाँ बिगो जरिवाना र सजायको माग दाबी अख्तियारले गरेको छ ।

प्रकाशित मिति : १४ मंसिर २०७९, बुधबार  ३ : २९ बजे

नारायणीमा ६० वर्षयताकै भीषण बाढी: ‘सिबिच’ बनाउने करोडौँका संरचना बगे, नारायणगढ बजारमै जोखिम

चितवन – नारायणगढ बजारसँगै टाँसिएको नारायणी नदी किनारलाई ‘सिबिच’ (समुद्री

परराष्ट्रमन्त्री स्वदेश फर्कँदै, विमानस्थलमै प्रेस ब्रिफिङ

काठमाडौँ – संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भई परराष्ट्रमन्त्री शिशिर

बागलुङमा बाढीपहिरो : ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

बागलुङ– यही असोज ९ गतेदेखि ११ गतेसम्म आएको अविरल वर्षाका

५५ वर्ष पुगेका कर्मचारीलाई बिदा दिने विधेयक संसद्‍मा जाँदै : के छ प्रावधान ?

काठमाडौँ – सरकारले निजामती कर्मचारीको उमेर ५५ वर्ष वा सेवा

एसियाली खेलकुद : गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा

काठमाडौँ– बीसौँ एसियाली खेलकुदअन्तर्गत गल्फ र जुडोमा नेपालले आजदेखि प्रतिस्पर्धा