उपचारका लागि दक्षिण कोरिया जाँदै अभिनेत्री सामन्था « Khabarhub

उपचारका लागि दक्षिण कोरिया जाँदै अभिनेत्री सामन्था


१४ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


462
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- दक्षिण भारतीय अभिनेत्री सामन्था रुथ प्रभु यतिबेला मायोसिटिस नामको गम्भीर रोगबाट पीडित छिन् । उनी यो रोगको उपचारका लागि दक्षिण कोरिया जाने भएकी छन् ।

गत अक्टोबरमा सामन्थाले आफ्नो रोगको बारेमा जानकारी दिँदै केही समयदेखि रोगको उपचार गरिरहेको खुलासा गरेकी थिइन् । उनले उपचार जारी भए पनि रिकभरीको स्तर निकै कम रहेको बताएकी थिइन् । उनले उपचारमा आयुर्वेद पद्धति अपनाइरहेकी छिन् ।

सामन्था निकटका अनुसार उनी एडभान्स उपचारका लागि केही समय बिताउने गरी दक्षिण कोरिया जान लागेकी हुन् । उनी त्यहाँ केही महिना बस्नेछिन् ।

मायोसिटिस एक अटो इम्युन रोग हो । यो रोगले बिरामी निकै कमजोर महसुस गर्छन् । बिरामीको मांशपेसीमा तीव्र दुखाई हुने गर्छ । यस्ता रोगका बिरामीलाई बस्न, सिँढी चढ्न, वजन उठाउन समस्या पर्दछ । केही काम नगरीकन पनि बिरामीले थकानको अनुभव गर्छन् । कैयौंपटक यो रोगका कारण बिरामी
डिप्रेसनको सिकार पनि बन्छन् ।

सामन्था पछिल्लोपटक फिल्म ‘यशोदा’मा देखिएकी थिइन् । उनको पाइपलाइनमा ‘शाकुन्तलम’, ‘कुशी’ र ‘गढ’ फिल्म छन् ।

प्रकाशित मिति : १४ मंसिर २०७९, बुधबार  ४ : १७ बजे

रोहितको अर्धशतक र करणको विष्फोटक ब्याटिङको मद्दतमा नेपालले ओमनलाई दियो २ सय ६४ रनको लक्ष्य

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको आफ्नो

सरकारी सवारीसाधन दुरुपयोग गर्ने एक जना पक्राउ

बनेपा– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–३ कुशादेवीका ४० वर्षीय गणेश सापकोटा पक्राउ

अन्तरराष्ट्रियस्तरमा हुलाक सेवा कहीँ पनि खारेज भएको छैन : मन्त्री तिमिल्सिना

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपालको हुलाक सेवालाई

बजार अनुगमन र उपभोक्ता अधिकार सुनिश्चित गर्न अनेरास्ववियू क्रान्तिकारीको माग

काठमाडौं– अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी), काठमाडौं जिल्ला

एमालेको राष्ट्रिय कार्यकर्ता भेला मङ्सिर २ र ३ गते काठमाडौंमा हुने

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी मङ्सिर २ र ३ गते