१४ ठेकेदार कम्पनी कालोसूचीमा « Khabarhub

१४ ठेकेदार कम्पनी कालोसूचीमा


१४ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न १४ कम्पनीलाई कालोसूचीमा राखेको छ । बुधबार सार्वजनिक सूचना निकालेर कार्यालयले समयमै काम नसक्ने, निर्माण कार्य अलपत्र पार्ने विभिन्न १४ वटा ठेकेदार कम्पनीलाई कालोसूचीमा राखेको जानकारी दिएको हो ।

एक वर्षदेखि साढे दुई वर्षसम्म कालोसूचीमा राखेका ती कम्पनीसँग उक्त अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारवाहीमा भाग लिन नसक्ने कार्यालयले जनाएको छ ।

कार्यालयले जारी गरेको सूचनाअनुसार भारत–सप्तकोसी जेभी काठमाडौंलाई साढे दुई वर्षका लागि कालोसूचीमा राखिएको भने हाइग्रिवा–सिद्धि साई प्रकाश जेभीलाई दुई वर्षका लागि कालोसूचीमा राखिएको छ । बाँकी रहेका १२ वटा ठेकेरदार कम्पनीलाई एक वर्षका लागि कालोसूचीमा राखिएको हो ।

एक वर्षका लागि कालोसूचीमा परेका कम्पनीहरुमा हाइवे कन्स्ट्रक्सन प्रालि, विधि बिल्डर्स प्रालि, साइबाबा एन्ड तारा कन्स्ट्रक्सन, अनुकूल निर्माण सेवा, पाँचखाल कन्स्ट्रक्सन प्रालि, प्रभु निर्माण सेवा, सिद्धिजनक कन्स्ट्रक्सन एन्ड सप्लायर्स प्रालि, एसएसके निर्माण सेवा प्रालि, सुर्मादेवी कन्स्ट्रक्सन, नीलगिरि निर्माण सेवा प्रालि र नेसनल डेभलोपमेन्ट प्रालि र क्यानोन कन्स्ट्रक्सन प्रालि रहेका छन् । उनीहरुलाई कालोसूचीमा राख्न विभिन्न कार्यालयले सिफारिस गरेका थिए ।

प्रकाशित मिति : १४ मंसिर २०७९, बुधबार  ४ : ३३ बजे

नारायणीमा ६० वर्षयताकै भीषण बाढी: ‘सिबिच’ बनाउने करोडौँका संरचना बगे, नारायणगढ बजारमै जोखिम

चितवन – नारायणगढ बजारसँगै टाँसिएको नारायणी नदी किनारलाई ‘सिबिच’ (समुद्री

परराष्ट्रमन्त्री स्वदेश फर्कँदै, विमानस्थलमै प्रेस ब्रिफिङ

काठमाडौँ – संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भई परराष्ट्रमन्त्री शिशिर

बागलुङमा बाढीपहिरो : ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

बागलुङ– यही असोज ९ गतेदेखि ११ गतेसम्म आएको अविरल वर्षाका

५५ वर्ष पुगेका कर्मचारीलाई बिदा दिने विधेयक संसद्‍मा जाँदै : के छ प्रावधान ?

काठमाडौँ – सरकारले निजामती कर्मचारीको उमेर ५५ वर्ष वा सेवा

एसियाली खेलकुद : गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा

काठमाडौँ– बीसौँ एसियाली खेलकुदअन्तर्गत गल्फ र जुडोमा नेपालले आजदेखि प्रतिस्पर्धा