चीन–युरोप मालबाहक रेल सेवामा तीव्र प्रगति « Khabarhub

चीन–युरोप मालबाहक रेल सेवामा तीव्र प्रगति


१४ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – हालैका वर्षहरूमा चीन–युरोप मालवाहक रेल यात्राहरूको सङ्ख्यामा तीव्र वृद्धि भएको पूर्वी चीनको जियाङसु प्रान्तीय प्रशासनले जनाएको छ । चिनियाँ अधिकारीहरूका अनुसार यसले अन्तर्राष्ट्रिय आपूर्ति शृङ्खलालाई स्थिर गर्न मद्दत पु¥याएको छ ।

सन् २०१६ देखि सन् २०२१ सम्ममा चीनदेखि युरोप पुग्ने रेलको सङ्ख्या ५५ प्रतिशतले बढेको छ । यो अघिल्लो पाँच वर्षको तुलनामा नौ गुणा बढी हो ।

जियाङ्सुको लियानयुनगाङ्गमा आयोजित चीन–युरोप रेलवे एक्सप्रेस सहयोग मञ्चको सम्मेलनको क्रममा आयोजित एक पत्रकार सम्मेलनमा चिनियाँ भन्सार कार्यालयले दिइएको जानकारीअनुसार यस वर्षको अक्टोबरको अन्तसम्ममा ८२ वटा चीन–युरोप मालवाहक रेल मार्गहरू सञ्चालनमा आएका र यो वर्षको १० महिनामा युरोपेली देशहरूमा ६२ हजारभन्दा बढी मालवहाक रेलले सामान आपूर्ति गरेका थिए ।

अहिले नानजिङ र लियानयुङ्गाङसहित जियाङ्सुका पाँच सहरहरूले २३ बटा सामुद्रिक मार्गहरू सञ्चालन गरिरहेका छन्, जुन युरोप, मध्य एशिया र दक्षिणपूर्वी एशियाका लगभग ८० सहरहरूमा पुग्ने गर्छन् । यस वर्षको जनवरीदेखि नोभेम्बरसम्म, जियाङ्सु र युरोपबीचको मालवाहक रेल यात्राको सङ्ख्या १८ हजार पुगेको छ । यो अघिल्लो वर्षको तुलनामा १२ प्रतिशतको वृद्धि हो ।

जियाङ्सुको विदेश मामिला विभागका अनुसार मालबाहक रेल सेवाले क्षेत्रीयस्तरमा मैत्रीपूर्ण आदानप्रदानलाई बढावा दिएको छ । यस प्रदेशले ६४ देशसँग तीन सय ५४ अन्तर्राष्ट्रिय भगिनी साझेदारीमा हस्ताक्षर गरेको छ ।

प्रकाशित मिति : १४ मंसिर २०७९, बुधबार  ९ : २६ बजे

मेक्सिकोको सिनालोआस्थित कारागारमा दङ्गा, १० जनाको मृत्यु

एजेन्सी – उत्तरपश्चिमी मेक्सिकोको सिनालोआ राज्यस्थित एल क्यास्टिलो कारागारमा बिहीबार भएको

निलम्बित एआईजी दाहालमाथि कारबाही गर्न सिफारिस

काठमाडौं- निलम्बनमा परेका सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज

शिक्षकलाई गाडी किन्न सहुलियत, उत्कृष्ट माविलाई ५० लाखसम्म

काठमाडौं -शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको  शिक्षा

पोखरामा स्कुल बस दुर्घटना, १८ जना बालबालिका घाइते

गण्डकी– पोखरा महानगरपालिका–२८ कालिकामा आज बिहान स्कुल बस दुर्घटना हुँदा

बाढीले पुलमा क्षति पुर्‍याएपछि यातायात ठप्प, पर्यटन र व्यापारमा असर

बागलुङ– चाडबाडको समयमा पछिल्ला केही वर्षयता बागलुङका विभिन्न गन्तव्यमा पर्यटक