डिजिटल प्रविधिसँग जोडिँदै मुस्ताङका महिला उद्यमी « Khabarhub

डिजिटल प्रविधिसँग जोडिँदै मुस्ताङका महिला उद्यमी


१४ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – मुस्ताङमा उत्पादित विभिन्न सामग्री सूचना प्रविधिको सहयोगमा विश्वभर बिक्री गर्न पहल शुरु गरिएको छ । सूचना प्रविधिसँग महिला उद्यमी र लैङ्गिक विभेदतासम्बन्धी कार्यक्रममार्फत जिल्लाका उद्यमीहरूलाई डिजिटल प्रविधिसम्बन्धी ज्ञान उपलब्ध गराइएको हो ।

दक्षिण एशियाली महिला विकास मञ्चको आयोजनामा भएको कार्यक्रममा जोेमसोम सदरमुकाम आसपासका महिला उद्यमीको बाक्लो उपस्थिति थियो । पहिलोपटक मुस्ताङमा आयोजना भएको विद्युतीय (डिजिटल) युगमा नेपाली महिला उद्यमीको अवस्थाका साथै महिलामाथि हुने लैङ्गिक विभेदसम्बन्धी अनुसन्धानले मुस्ताङका महिला दिदीबहिनीलाई राहत मिलेको जिल्ला समन्वय समिति मुस्ताङकी प्रमुख माया गुरुङले बताइन् ।

सडक सञ्जालले नछोएको विकट गाउँबाट समेत महिला उद्यमीको उपस्थिति रहेको छ । गण्डकी प्रदेशका कास्की, तनहुँ, लमजुङ, बागलुङ र आजदेखि मुस्ताङ गरी पाँचवटै जिल्लामा सबै महिला उद्यमीको अनुसन्धान सुरु भएको सिनियर अनुसन्धानकर्ता रितेश ठाकुरले बताए । डिजिटल प्रविधिको आधुनिक युगमा सञ्चारमाध्यमबाट कोही टाढा नभएको ठाकुरले उल्लेख गरे।

सबैको हातहातमा मोबाइल र घरघरमा टिभी, ल्यापटपजस्ता सञ्चारमाध्यम हुने गरेको र त्यसलाई नै भरपूर प्रयोग गर्नुपर्नेमा उनको जोड थियो । आफूले उत्पादन गरेका सामग्रीलाई सहजै विज्ञापन गर्न र बजार विश्वभरि फैलाउन सकिने ठाकुरले बताए । आधुनिक युगमा पहुँच निर्धारण गर्न महिला स्वयं अगाडि बढ्नुपर्नेमा जोड दिँदै उनले भने , “मुस्ताङका महिला दिदीबहिनीको आर्थिक स्थिति सुधार गर्न र वित्तीय कारोबारमा अग्रसर हुन जरुरी छ ।”

महिला उद्यमी सङ्घ जिल्ला कमिटी मुस्ताङकी अध्यक्ष सुकुन रसाइलीले महिला उद्यमीलाई डिजिटल प्रविधिसँग जोडेर व्यवसायी सञ्चालन गरिनुपर्ने बताए । उहाँले उद्यमीका लागि सहज वातावरण सिर्जना गर्दै जिल्लाको अथाह स्रोत र साधनलाई बजारीकरण गर्न पहल गरिनुपर्ने बताए ।

प्रकाशित मिति : १४ मंसिर २०७९, बुधबार  १० : ४२ बजे

मेक्सिकोको सिनालोआस्थित कारागारमा दङ्गा, १० जनाको मृत्यु

एजेन्सी – उत्तरपश्चिमी मेक्सिकोको सिनालोआ राज्यस्थित एल क्यास्टिलो कारागारमा बिहीबार भएको

निलम्बित एआईजी दाहालमाथि कारबाही गर्न सिफारिस

काठमाडौं- निलम्बनमा परेका सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज

शिक्षकलाई गाडी किन्न सहुलियत, उत्कृष्ट माविलाई ५० लाखसम्म

काठमाडौं -शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको  शिक्षा

पोखरामा स्कुल बस दुर्घटना, १८ जना बालबालिका घाइते

गण्डकी– पोखरा महानगरपालिका–२८ कालिकामा आज बिहान स्कुल बस दुर्घटना हुँदा

बाढीले पुलमा क्षति पुर्‍याएपछि यातायात ठप्प, पर्यटन र व्यापारमा असर

बागलुङ– चाडबाडको समयमा पछिल्ला केही वर्षयता बागलुङका विभिन्न गन्तव्यमा पर्यटक