रुचाललाई वर्ष खेलाडीको सम्मान « Khabarhub

रुचाललाई वर्ष खेलाडीको सम्मान


१५ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल राष्ट्रिय मुवाँथाई संघले गुणराज रुचाललाई वर्ष खेलाडीको रुपमा सम्मान गरेको छ।

नेपाल खेलकुद पत्रकार मञ्चमा सम्पन्न एक कार्यक्रमकाबीच रुचाललाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ र नेपाल राष्ट्रिय मुवाँथाई संघका अध्यक्ष गणेशलाल कक्षंपतीले सम्मान गरे। रुचालले नगद ५० हजारसहित सम्मानपत्र प्राप्त गरे।

रुचालले आठौं इन्डो नेपाल मुवाँथाई च्याम्पियनसिपमा स्वर्ण पदक जितेका थिए भने नोभेम्बरमा थाइल्यान्डमा सम्पन्न प्रो फाइटमा च्याम्पियन बनेका थिए।

त्यस्तै रुचाल थाइल्यान्डमै सम्पन्न वल्र्ड मुवाँथाई च्याम्पियनसिपमा कास्य पदक जित्न सफल भएक थिए।

संघले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताका विजेता खेलाडलाई पनि सम्मान गर्यो। जेनिका राई नगद १० हजारबाट सम्मानित हुँदा मुकेश लुइटेड नगद ५ हजारबाट सम्मानित भए।

जेनिकाले नोभेम्बरमा सम्पन्न १७औं वल्र्ड च्याम्पियनसिपमा कास्य पदक जितेकी थिएन। मुकेशले भुटानमा सम्पन्न साग किक बक्सिङ च्याम्पियनसिपमा स्वर्ण पदक जितेका थिए।

त्यस्तै संघले गोकर्णेश्वर मुवाँथाई कमिटी र सुनसरी जिल्ला मुवाँथाइ संघलाई पनि सम्मान गर्यो।

प्रकाशित मिति : १५ पुस २०७९, शुक्रबार  ७ : ३५ बजे

नेता होइन, मधेशको बेटा बन्न सर्लाही आएँ : गगन थापा

सर्लाही- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू मधेशको बेटा बन्नका

निर्वाचन आयोगमा बालेन शाहविरुद्ध उजुरी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा झापा–५ मा

माघ तेस्रो सातादेखि एचपीभी खोप लगाइँदै

काठमाडौं- सरकारले यस वर्ष पनि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा

चोरीको मोटरसाइकलसहित एकजना पक्राउ

काठमाडौं- ट्राफिक प्रहरीले चोरीको मोटरसाइकलसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।

आचारसंहिता अनुगमन गर्न ७७ वटै जिल्लामा खटाइयो अधिकृत

काठमाडौँ– निर्वाचन आयोगले ७७ वटै जिल्लामा आचारसंहिता अनुगमन अधिकृत खटाएको