सरकारलाई एसको समर्थन मात्र चाहिएको हो : एमाले नेता ज्ञवाली « Khabarhub

सरकारलाई एसको समर्थन मात्र चाहिएको हो : एमाले नेता ज्ञवाली


१५ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले सरकारलाई एकीकृत समाजवादीको समर्थन बारेमा मात्र छलफल केन्द्रीत रहेको दाबी गरेका छन्।

डेढ वर्षअघि एमाले फुटाएर बनेको एकीकृत समाजवादीलाई पार्टीमै फर्काएर संसदको सबैभन्दा ठुलो दल बन्न चाहेको समाचार आइरहेका बेला ज्ञवालीले त्यस्तो सम्भावना नरहेको बताएका हुन्।

‘अहिले चलिरहेको छलफल सरकारको समर्थनको दायरा विस्तार गर्नमा सीमित’ रहेको बताएका हुन् । ‘त्यसभन्दा बाहिर चलेका चर्चा अनुमान,अतिरञ्जना र हल्ला मात्र हुन्,’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

एमाले अध्यक्ष ओलीनिकट मानिने नेता ज्ञवालीले एमालेभित्र र बाहिरबाट सिर्जित भयानक घेराबन्दी तोडेर कम्युनिष्ट आन्दोलन यहाँसम्म आइपुगेको उल्लेख गरेका छन् । ‘संकटका बेला सतिसालझैं उभिएका कमरेडहरूको भावना विपरीत कुनै निर्णय हुनेछैन । इतिहासका केही घटना यस्ता हुन्छन्, जसलाई बिर्सन सकिँदैन, बिर्सन हुँदैन,’ उनले भनेका छन् ।

प्रकाशित मिति : १५ पुस २०७९, शुक्रबार  ८ : ३२ बजे

हिमपातपछि माथिल्लो मुस्ताङको जनजीवन प्रभावित

मुस्ताङ – मङ्गलबार रातिदेखि परेको भारी हिमपातका कारण माथिल्लो मुस्ताङको

टाइगर कप भलिबल : न्यू डायमण्ड र पुलिस फाइनलमा

कास्की – पोखरामा जारी छैटौँ संस्करणको टाइगर कप राष्ट्रिय तथा

बाहिरियो वर्षा गराउने प्रणाली

काठमाडौं – मङ्गलबार साँझदेखि सक्रिय भएर देशका धेरै ठाउँमा वर्षा

मिथिला चित्रकला तालिम काठमाडौंमा सुरु

काठमाडौं – काठमाडौंमा मिथिला चित्रकलाको चारदिने प्रयोगात्मक तालिम सुरु भएको

सहरी सरसफाइ र स्वच्छता कायम गराउने प्रक्रियामा गल्ती गर्ने छुट छैन : सुनिता डंगोल

काठमाडौं – महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले सहरी सरसफाइ र