प्रदेश १ कांग्रेस संसदीय दलको नेतामा उद्धव थापा निर्वाचित « Khabarhub

प्रदेश १ कांग्रेस संसदीय दलको नेतामा उद्धव थापा निर्वाचित


१५ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

विराटनगर – प्रदेश नं १ को नेपाली कांग्रेस संसदीय दलको नेतामा उद्धव थापा निर्वाचित भएका छन्। उनी कुल १८ मत प्राप्त गरी विजयी भएका हुन्। थापाका निकटतम् प्रतिद्वन्द्वी प्रदेशसभा सदस्य केदार कार्कीले नौ तथा अमृत अर्यालले दुई मत प्राप्त गरे।

निर्वाचन प्रक्रिया अनुरुप आज बिहान नौ बजेदेखि १० बजेसम्म मतदान भएको थियो। प्रदेश १ मा कांग्रेसको कुल २९ सदस्य रहेका छन्। नेता थापा नेपाली कांग्रेस प्रदेश नं १ का सभापतिसमेत हुन्। निर्वाचन नेपाली कांग्रेस प्रदेश नं १ का उपसभापति रमेशजङ्ग रायमाझीको संयोजकत्वमा भएको थियो।

निर्वाचनपछि दलका नेता थापाले प्रदेश नं १ का नामकरण गर्ने पहिलो प्राथमिकता रहेको भन्दै कांग्रेसले प्रदेशमा प्रतिपक्षको भूमिकाबाट रचनात्मक भूमिका निर्वाह गर्ने धारणा राखे। उनले सत्तापक्षको असल कामको समर्थन एवं प्रशंसा गर्ने र गलत कामको विरोध गर्ने धारणा राख्दै कांग्रेस प्रजातान्त्रिक पार्टी भएकाले प्रजातान्त्रिक मूल्य र मान्यताको आधारमा चल्ने विचार व्यक्त गरे।

प्रकाशित मिति : १५ पुस २०७९, शुक्रबार  ११ : ०९ बजे

देउवा पक्षको छलफलमा मिसिए कोइराला, लगेका थिए विशेष महाधिवेशनको सन्देश

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास महाराजगञ्जमा संस्थापन पक्षको

एआई पहलमा भारतलाई अमेरिकी निम्तो

एजेन्सी– आर्टिफिसियल इन्टेलिजेन्स (एआई) आपूर्ति शृङ्खलालाई सुरक्षित गर्ने उद्देश्यले अमेरिकाको

मोदी–मेर्ज वार्ता गान्धीनगरमा

एजेन्सी – प्रधानमन्त्री नरेन्द्र मोदीले जर्मन सङ्घीय चान्सलर फ्रेडरिक मेर्जसँग

शेखरले भने : विष पिएर पनि कांग्रेसलाई फुट्नबाट जोगाउँछु, दुवै पक्षसँग अन्तिम प्रयास गर्दैछु

काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले आफूनिकट केन्द्रीय

त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द

काठमाडौं– महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले स्वास्थ्य बिमा कार्यक्रममार्फत