मर्स्याङ्दी गाउँपालिकालाई चार वर्षमा बालमैत्री गाउँपालिका घोषणा गर्ने « Khabarhub

मर्स्याङ्दी गाउँपालिकालाई चार वर्षमा बालमैत्री गाउँपालिका घोषणा गर्ने


१५ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिकाले आउँदो चार वर्षभित्रमा बालमैत्री स्थानीय शासनयुक्त गाउँपालिका घोषणा गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

सामाजिक विकास कार्यालय लमजुङले गाउँपालिकामा आयोजना गरेको एक कार्यक्रममा बालमैत्री स्थानीय शासन प्रवद्र्धन तथा व्यवस्थापनसम्बन्धी प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रममा गाउँपालिकाले पालिकालाई बालमैत्री पालिका घोषणा गर्ने प्रतिबद्धता जनाएको हो।

उक्त कार्यक्रममा सहभागी जनप्रतिनिधि तथा सरोकारवालाहरूले २०८३ पुस सम्म मर्स्याङ्दी गाउँपालिकालाई बालमैत्री पालिकाको रुपमा स्थापित गर्ने हस्ताक्षरसहित प्रतिबद्धता व्यक्त गरेका हुन्।

उक्त  कार्यका लागि गाउँपालिकाले आवश्यक बजेट विनियोजन सँगै स्रोत साधन परिचालनसमेत गर्ने भएको गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले बताए। उनका अनुसार बालमैत्री पालिका घोषणा र कार्यान्वयनका लागि सबैको साथ र सहयोग आवश्यक पर्दछ हामी त्यो वातावरण बनाउन प्रतिबद्ध छौं।

‘स्थानीय सरकार संचालन ऐन २०७४, बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८, बालमैत्री स्थानीय शासन घोषणा कार्यविधि २०७९ बमोजिम बालमैत्री स्थानीय शासन अबलम्बन तथा घोषणाको प्रक्रियामा आआफ्नो क्षेत्रबाट सक्रिय तथा अर्थपूर्ण सहभागिता जनाई मिति २०८३ पुस मसान्त भित्र मर्स्याङ्दी गाउँपालिकालाई बालमैत्री गाउँपालिका घोषणा गरिने’ उल्लेख छ।

प्रकाशित मिति : १५ पुस २०७९, शुक्रबार  १ : १२ बजे

‘ब्लड बैक’मा रगतको मौज्दात सकियो, रक्तदान गरौँ : रेडक्रस

कठमाडौँ– ब्लड बैकमा रगतको मौज्दात सकिएपछि नेपाल रेडक्रस सोसाइटीले रक्तदानका

राष्ट्रव्यापी गजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा सुरु

काठमाडौँ– नेपालका पौराणिक तीर्थस्थलहरूको प्रचार गरी धार्मिक पर्यटनको प्रवर्द्धन, राष्ट्रिय

कालीगण्डकीमाथि बञ्जीको मज्जा (तस्बिर)

बागलुङ– अजङ्गको भीरमा फलामका लठ्ठा तानेर बनाइएको पुल ! देख्दै

इजरायलमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने एग्जिट पोलहरुको प्रक्षेपण

काठमाडौँ– इजरायलमा सम्पन्न आमनिर्वाचनमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने

दुर्गमका नागरिकले पनि समान सेवासुविधा पाउनु पर्छ : हर्क साम्पाङ

हुम्ला– श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले दुर्गम