‘ठमेलका तार हटाएर गल्ली नम्बर राख्दैछौँ’ « Khabarhub

‘ठमेलका तार हटाएर गल्ली नम्बर राख्दैछौँ’

‘दुई महिनामा ठमेल झन् राम्रो र व्यवस्थित हुन्छ’


१५ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : अंग्रेजी नयाँ वर्षको अवसरमा यसपटक पनि ठमेलमा सडक महोत्सव हुँदैछ । शनिबार राती हुने महोत्सव आइतबार बिहानसम्म हुनेछ । यसपटकको सडक महोत्सवमा उपराष्ट्रपति नन्दकिशोर पुनलाई आमन्त्रण गरिएको छ । उपराष्ट्रपति आउने भएपछि ठमेल पर्यटन विकास परिषद् संस्थाले शुक्रबार बिहान पत्रकार सम्मेलन गरेर महोत्सव भव्य हुने बताएको छ । यसपटकको महोत्सवमा ठमेल व्यवस्थित गर्नेदेखि मौलिक परिकार र रैथाने संस्कृति देखाउने परिषद्का अध्यक्ष भविश्वर शर्माले बताए । यसपटक पनि हुने ‘न्यू इयर इभ’का अवसरमा अध्यक्ष शर्मासँग गरिएको संक्षिप्त कुराकानीको सम्पादित अंशः

ठमेल प्रमुख पर्यटकीय गन्तव्य भएपनि व्यवस्थित छैन किन ?

पहिलेभन्दा ठमेल व्यवस्थित हुँदैछ । ठमेललाई प्रमुख पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न हामीले विशेष काम गरिरहेका छौँ । अहिले विजुलीका तारसँगै केवल तार हटाउने काम तीव्र रुपमा भइरहेको छ । सबैभन्दा ठमेल कुरुप भएको यो तारहरु हटाइँदैछ । त्यसबाहेक ठमेललाई सून्दर र व्यवस्थित बनाउने काम भइरहेको छ ।

पोखराको लेकसाइड र ठमेल हेर्ने हो भने पोखरा व्यवस्थित छ, ठमेल अव्यवस्थित छ । सँधै यस्तो किन ?
पोखराको लेकसाइड योजना बनाएर निर्माण गरिएको हो । त्यसैले त्यो विकसित र व्यवस्थित देखियो । तर ठमेल योजनामा बनेको थिएन । विदेशी पर्यटकको आकर्षण बढेपछि ठमेलले प्रमुख पर्यटकीय गन्तव्यको पहिचान पायो । पोखरामा जस्तै हामी पनि ठमेलमा गल्ली नम्बर हाल्दैछौँ । अनि तार हटाएर सुन्दर व्यवस्थित गर्दैछौँ । दुई महिनामा ठमेललाई धेरै व्यवस्थित गर्दैछौँ । त्यसपछि आएर हेर्नुभयो भने यो धेरै सुधार भइसक्छ ।

ठमेलमा अंग्रेजी नयाँ वर्षमा न्यू इयर इभबाहेक अरु हुँदैन किन ?
अब पहिलेदेखि चल्दै आएको चलन हो । हामीले पनि यसलाई निरन्तरता दिइरहेका छौँ । ठमेलको विशेषता नै विदेशी पर्यटकका लागि विशेष ठाउँ हो । जुन अंग्रेजी नयाँ वर्षमा विशेष रुपमा मनाइन्छ । यसबाहेक हामी छिट्टै ठमेल पर्यटन महोत्सव गर्दैछौँ । त्यसबारे अलि पछि विस्तृत जानकारी दिनेछौँ ।

अन्त्यमा, यसबाहेक न्यू इयर इभको तयारी कति सकियो ?
हामीले यसपटक विगत वर्षभन्दा केही फरक व्यवस्थापनको प्रयास गरेका छौँ । कम्तीमा एक लाख मानिसहरु भेला हुन सक्ने गरि सबै व्यवस्थापन गरेका छौँ । ट्राफिक व्यवस्थापनदेखि अरु कुराको व्यवस्थापन गरेका छौँ । यसपटक मौलिक खानेकुरा खानेदेखि केही मौलिक सांस्कृतिक कार्यक्रम पनि आयोजना गरेका छौँ । उपराष्ट्रपति आउने भएपछि यसले नेपालको पर्यटनमा ठमेल सडक महोत्सवको महत्व बढ्ने अपेक्षा गरेका छौँ ।

प्रकाशित मिति : १५ पुस २०७९, शुक्रबार  १ : ४५ बजे

चिनाखेतवासीलाई पहिरोले दिएको पीडा-थातथलो छाड्नुपर्ने बाध्यता

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीस्थित चिनाखेतकी दिलमती छन्त्यालका लागि यस

चार हजार ९९९ मै टेलिकमको फाइबर इन्टरनेट

काठमाडौँ- सरकारी स्वामित्वको नेपाल टेलिकमले आजदेखि वार्षिक चार हजार ९९९

रूपन्देहीमा एक वर्षमा ७७७ उद्योग तथा व्यावसायिक फर्म बन्द

रूपन्देही- रूपन्देहीमा साना तथा घरेलु उद्योग र व्यावसायिक फर्म बन्द हुने

बाढीमा बेपत्ता काभ्रेका ३७ जनालाई मृत घोषणा गर्ने प्रक्रिया अघि बढ्यो

काभ्रेपलाञ्चोक- रसुवाको भोटेकोशीमा गत भदौ १० गते आएको बाढीपछि बेपत्ता भएका

दक्षिणकाली मन्दिरमा भक्तजन (तस्बिरहरू) 

काठमाडौँ- काठमाडौँको दक्षिणकाली नगरपालिका–६ मा अवस्थित प्रसिद्ध दक्षिणकाली मन्दिरमा शुक्रबार