साँखुमा लाग्ने श्रीस्वस्थानी व्रत तथा शालीनदी मेलाको सबै तयारी पूरा « Khabarhub

साँखुमा लाग्ने श्रीस्वस्थानी व्रत तथा शालीनदी मेलाको सबै तयारी पूरा


१५ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


492
Shares
  • change font
  • change font
  • change font

काठामडौँ- काठमाडौंको शंखरापुर नगरपालिकामा रहेको साँखुमा हरेक वर्ष लाग्दै आएको श्रीमाधव नारायण–श्रीस्वस्थानी व्रत तथा १ महिने शालीनदी मेलाको सम्पूर्ण तयारी पूरा भएको छ । यही पुस २२ गतेदेखि माघ २२ गतेसम्म सञ्चालन हुने व्रत तथा मेलाको सम्पूर्ण तयारी पूरा भएको श्रीमाधवनारायण श्रीस्वस्थानी व्रत तथा शालीनदी सुधार समितिका अध्यक्ष बालकृष्ण श्रेष्ठले जानकारी दिएका छन् ।

शुक्रबार साँखुमा गरिएको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष श्रेष्ठले शालीनदीमा एक महिने व्रत वस्न चाहने व्रतालुहरुको अधिक सेवा र सुविधाको लागि पहिले नै लगत संकलनको लागि नाम दर्ताको व्यवस्था गरिएको जानकारी दिए ।

व्रतालुहरुलाई साँखुबाट बाहिर परदेश (पशुपति, फर्पिङ, पनौति र चाँगुनारायण स्थान) लगिने क्रममा आवश्यक सरसामान ओसार्नको लागि गाडीको व्यवस्था गर्ने, आवश्यक सरसहयोगका लागि नेपाल स्काउट क्रु लगायत बन्दोबस्तीका सामानसहित स्वयंसेवकहरू परिचालित गर्ने बताएका छन् ।

साँखु शालीनदी पुग्नका लागि पर्याप्त बसहरुको व्यवस्था गर्ने, प्रत्येक गाडीमा भाडादर समेत टाँसेर सेवा सुविधा दिने, सुरक्षाका लागि शालीनदी परिसरभित्र विभिन्न स्थानमा सिसिटिभी क्यामेराको व्यवस्था मिलाउनुका साथै सामुदायिक प्रहरी सेवा केन्द्र तथा महानगरीय प्रहरी प्रभाग साँखुको टोली परिचालन गरिने जानकारी दिइएको छ ।

यस्तै भक्तजनहरुका लागि स्वास्थ्यकर्मीहरू सहितको प्राथमिक उपचार कक्ष राखि निःशुल्क रुपमा औषधोपचारको व्यवस्था गरिने, भक्तजनहरुको लागि निःशुल्क खानेपानी वितरण गरिने, कोभिडको जोखिमलाई ध्यानमा राख्दै निःशुल्क मास्क वितरण गरिने अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

मेलामा देश तथा विदेशबाट ३० देखि ३५ लाखसम्म धार्मिक पर्यटक आउने शालीनदी सुधार समितिले अपेक्षा लिएको छ । शालीनदीमा परापूर्वकालदेखि एक महिनासम्म चल्दै आइरहेको कठिन व्रत र धार्मिक मेला यो वर्ष पुस २२ गतेदेखि माघ २२ गतेसम्म सञ्चालन हुँदैछ ।

प्रकाशित मिति : १५ पुस २०७९, शुक्रबार  ३ : ०३ बजे

हर्क साम्पाङले दर्ता गराए उम्मेदवारी

काठमाडौं- धरान उपमहानगरपालिकाका निवर्तमान मेयर तथा श्रम संस्कृति पार्टीका अध्यक्ष

बालेन उम्मेदवारी दिन जाँदा… (तस्बिरहरू)

झापा– प्रतिनिधि सभा सदस्यका लागि बालेन्द्र (बालेन) साहले मंगलबार मध्यान्ह

लामो समय नदेखिएका दाजु रामशरणको तस्बिर प्रकाशशरणले राखे सामाजिक सञ्जालमा

काठमाडौं– लामो समयदेखि सार्वजनिक रूपमा नदेखिएका पूर्व अर्थमन्त्री डा. रामशरण

ओलीलाई दमकका मेयरले भने- जसले मेरो घर जलाए उनैले बालेनलाई भाडामा राखेका छन्

दमक– दमक नगरपालिकाका मेयर राम थापाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई

गायिका नेहा कक्कडको पोस्टले डिभोर्ससम्मको अफवाह

काठमाडौं– बलिउडकी चर्चित गायिका नेहा कक्कड फेरि एकपटक चर्चामा आएकी