चाक्चाकुर चाड मनाउँदै कुलुङ समुदाय | Khabarhub Khabarhub

चाक्चाकुर चाड मनाउँदै कुलुङ समुदाय


१५ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री दीपक खड्काले कुलुङ समुदायलाई फरक जातका रुपमा सूचीकृत गरिनुपर्ने माग गरेका छन् ।

आज आयोजित मिनारी दाचाम् चासुम्लो निङदोङ चाक्चाकुर चाडका अवसरमा शुभकामना दिँदै उनले कुलुङ समुदायको संरक्षण गर्नु राज्यको दायित्व भएको बताए । चाक्चाकुर पर्व पुस १५ देखि तीन दिनसम्म मनाइन्छ ।

उनले भने, “मुलुकको सभ्यता र संस्कार सिकाउने जाति हो कुलुङ । यो समुदायको संरक्षण गर्नु राज्यको दायित्व हो । उहाँहरुलाई फरक जातका रुपमा सूचीकृत गरिनुपर्छ ।” उनले धार्मिक र सांस्कृतिक विविधताका लागि सबै जात र समुदायको संरक्षण गर्न आफू लागेको समेत दाबी गरे ।

चाक्चाकुर चाडका अवसरमा आज काठमाडौँ उपत्यकाभित्र बसोबास गर्ने कुलुङ समुदाय भेला भई शुभकामना आदानप्रदान गरेका छन् । “मिनारी अर्थ पाखुरी र दाचामको अर्थ अन्न भण्डारणको प्रयोग गर्ने पहिलो दिन हो । यस दिन अन्नको विभिन्न परिकार बनाएर खाने र पितृलाई सम्झने गरिन्छ”, किराँत कुलुङ भाषा संस्कृति उत्थान सङ्घ काठमाडौँ उपत्यका कार्यसमितिका अध्यक्ष घनश्याम कुलुङले बताए ।

चाक्चाकुर चाड खाद्यान्न भण्डारण गरिएको अन्न उपभोगले स्वास्थ्यमा प्रतिकूल असर नगरोस् र सबैको सुख शान्तिका लागि कुलुङ समुदायले चाक्चाकुर चाड मनाउने गर्छन् ।

आज किराँत यलेदोङ पात्रका अनुसार ५०८२ को अन्त्य र येलेदोङ ५०८३ सुरु भएको छ । नयाँ वर्षको अवसरमा किरात कुलुङ विद्यार्थी सङ्घले पाचौँ महाधिवेशन २०७९ पनि सम्पन्न गरेको छ ।

कुलुङ समुदायको उद्गमस्थल सोलुखुम्बुको माहाकुलुङमा गाउँपालिका भएको र मुख्यगरी सङ्खुवासभा, भोजपुर र इलामलगायत जिल्लामा ठूलो समुदायमा बसोबास गरेको पाइन्छ ।

प्रकाशित मिति : १५ पुस २०७९, शुक्रबार  ५ : ०९ बजे

सांसदले भने – सार्वजनिक ऋण २६ अर्ब नाघ्यो, राजस्वले साधारण खर्चसमेत धानेन

काठमाडौं– प्रतिनिधिसभाको आइतबारको बैठकमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले राष्ट्रपति

महत्वपूर्ण विधेययक पारित गर्न सदनसमक्ष प्रधानमन्त्रीको आग्रह

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका नीतिहरू कार्यान्वयनका लागि विचाराधीन

सुकुम्बासी समस्या, विपद् व्यवस्थापन, सडक पूर्वाधारमा सरकारको ध्यानाकर्षण : यस्ता छन् शून्य समयमा सांसदका कुरा

काठमाडौं– प्रतिनिधिसभाको आइतबारको बैठक सांसदहरूले भूमिहीन सुकुम्बासीको समस्या, विपद् व्यवस्थापन,

‘कुश्मामा रेल’ शैलीमा ओलीले गरे कर्णाली विकासको दाबी

काठमाडौं – प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा

संसदमा प्रधानमन्त्रीले सम्बोधन गर्दा प्रचण्ड चाहिँ धरानमा लिम्बुवानको कार्यक्रममा व्यस्त

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले प्रतिनिधिसभामा सम्बोधन गरिरहेका छन्