चाक्चाकुर चाड मनाउँदै कुलुङ समुदाय « Khabarhub

चाक्चाकुर चाड मनाउँदै कुलुङ समुदाय


१५ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री दीपक खड्काले कुलुङ समुदायलाई फरक जातका रुपमा सूचीकृत गरिनुपर्ने माग गरेका छन् ।

आज आयोजित मिनारी दाचाम् चासुम्लो निङदोङ चाक्चाकुर चाडका अवसरमा शुभकामना दिँदै उनले कुलुङ समुदायको संरक्षण गर्नु राज्यको दायित्व भएको बताए । चाक्चाकुर पर्व पुस १५ देखि तीन दिनसम्म मनाइन्छ ।

उनले भने, “मुलुकको सभ्यता र संस्कार सिकाउने जाति हो कुलुङ । यो समुदायको संरक्षण गर्नु राज्यको दायित्व हो । उहाँहरुलाई फरक जातका रुपमा सूचीकृत गरिनुपर्छ ।” उनले धार्मिक र सांस्कृतिक विविधताका लागि सबै जात र समुदायको संरक्षण गर्न आफू लागेको समेत दाबी गरे ।

चाक्चाकुर चाडका अवसरमा आज काठमाडौँ उपत्यकाभित्र बसोबास गर्ने कुलुङ समुदाय भेला भई शुभकामना आदानप्रदान गरेका छन् । “मिनारी अर्थ पाखुरी र दाचामको अर्थ अन्न भण्डारणको प्रयोग गर्ने पहिलो दिन हो । यस दिन अन्नको विभिन्न परिकार बनाएर खाने र पितृलाई सम्झने गरिन्छ”, किराँत कुलुङ भाषा संस्कृति उत्थान सङ्घ काठमाडौँ उपत्यका कार्यसमितिका अध्यक्ष घनश्याम कुलुङले बताए ।

चाक्चाकुर चाड खाद्यान्न भण्डारण गरिएको अन्न उपभोगले स्वास्थ्यमा प्रतिकूल असर नगरोस् र सबैको सुख शान्तिका लागि कुलुङ समुदायले चाक्चाकुर चाड मनाउने गर्छन् ।

आज किराँत यलेदोङ पात्रका अनुसार ५०८२ को अन्त्य र येलेदोङ ५०८३ सुरु भएको छ । नयाँ वर्षको अवसरमा किरात कुलुङ विद्यार्थी सङ्घले पाचौँ महाधिवेशन २०७९ पनि सम्पन्न गरेको छ ।

कुलुङ समुदायको उद्गमस्थल सोलुखुम्बुको माहाकुलुङमा गाउँपालिका भएको र मुख्यगरी सङ्खुवासभा, भोजपुर र इलामलगायत जिल्लामा ठूलो समुदायमा बसोबास गरेको पाइन्छ ।

प्रकाशित मिति : १५ पुस २०७९, शुक्रबार  ५ : ०९ बजे

राहुघाट जलविद्युत आयोजना निर्माणको १६ वर्षे यात्रा : असफल ठेक्कादेखि परीक्षण उत्पादनसम्म

म्याग्दी– म्याग्दीको बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना सुरु भएको डेढ दशकको

सुरक्षित स्थानमा प्रभावितको व्यवस्थापन गर्न पूर्वप्रधानमन्त्री नेपालको आग्रह

नुवाकोट– भोटेकोशी बाढीबाट भएको क्षतिको अवस्थाबारे जानकारी लिन बुधबार नुवाकोट

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, के छ कार्यसूची ?

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ

विपद्जन्य जोखिममा सतर्क रहन देशभरका पालिकाको आग्रह

काठमाडौँ – काठमाडौँ महानगरपालिककासहित देशभरका स्थानीय तहले असोज ९ देखि

कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठक : यस्ता छन् निर्णय

कर्णाली– कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णय गरेको छ