सुदूरपश्चिम र कर्णालीमा आज पुसे १५ पर्व मनाइँदै | Khabarhub Khabarhub

सुदूरपश्चिम र कर्णालीमा आज पुसे १५ पर्व मनाइँदै


१५ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आज पुस १५ गते । कर्णाली र सुदूरपश्चिम प्रदेशमा ‘पुसे १५’ पर्व मनाइँदैछ । कर्णाली र सुदूरपश्चिम प्रदेशमा परापूर्वकालदेखि नै ‘पुसे १५’ पर्व मनाइने चलन छ ।

आजको रात सबैभन्दा लामो हुने जनविश्वास भएकाले आजको रातलाई ठूलीरात मानी राति मिठामिठा खानेकुरा खाएर रमाइलो गरी जाग्राम बस्ने, देउडा खेल्ने र कथा हालेर रात काट्ने चलन रहेको छ ।

कर्णाली प्रदेशको कालीकोट, जुम्ला, मुगु, सुदूरपश्चिमको बाजुरा, अछाम, डोटी र बाजुरा जिल्लामा आजको रातमा भैली खेल्ने, आगो बाल्ने, कथा हाल्ने र विभिन्न परिकारका रोटी पकाएर खाएर ‘पुसे १५’ पर्व मनाउने चलन रहेको कालीकोट खाडाँचक्र नगरपालिका–२ पञ्चदेवल माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक चन्द्रप्रसाद कोइरालाले बताए ।

“रातभर विभिन्न कार्यक्रम गरेर बिहान उज्यालो नहुँदै नुहाइधुवाइ गर्ने चलन रहेको छ”, उनले भने, “रातभरि कथा, कहानी सुनाउने, चामलको मोटो रोटी हाल्ने, कतैकतै भैली खेल्ने चलन रहेको छ ।”

आजको रातमा भैली खेलेर खाद्यान्न जम्मा गर्ने र त्यही खाद्यान्नबाट भोलिपल्ट वनभोज (पाटेभात) खाने विगतमा चलन रहेको कालीकोट नरहरिनाथ गाउँपालिकाका ९० वर्षीय भैरबहादुर शाहीले जानकारी दिए । “आज १५ किसिमका परिकार खाने चलन रहेको छ”, उनले भने, “चामल र मास मिसाएर रोटी बनाएर खाने चलन रहेको छ । त्योसँगै आजको राति भैली खेलेर भोलिपल्ट वनभोज खाने चलन रहेको छ ।”

ठाउँअनुसार फरकफरक तरिकाले ‘पुसे १५’ मनाउने गरिएको कालीकोट रास्कोट नगरपालिका उपप्रमुख तथा पूर्वबडिमालिका माध्यमिक विद्यालयका प्रधानाध्यापक मनीराज बरालले जानकारी दिए । “ठाउँअनुसार फरकफरक तरिकाले यो पर्व मनाउँछन”, उनले भने, “कतै रातभर जाग्राम बसेर, कतै भैली खेलेर, कतै खानेकुरा कुरा पकाएर बस्ने चलन रहेको छ ।”

प्रकाशित मिति : १५ पुस २०७९, शुक्रबार  ५ : ३३ बजे

तनहुँमा दैनिक ४० वटा राहदानी वितरण

तनहुँ– जिल्ला प्रशासन कार्यालय तनहुँले शुक्रबारदेखि दैनिक ४० वटा राहदानीको

देउसीको दक्षिणाबाट शान्ति टोलमा सीसी क्यामरा जडान

झापा– झापाको शान्ति टोल विकास संस्थाले  देउसीभैलीमा सङ्कलन भएको एक

बाढीपहिरोको क्षतिबाट ३ अर्ब ७८ बराबरको बीमा दावी

 काठमाडौं– गत असोजमा गएको बाढी पहिरोका कारण पुगेको क्षतिका कारण

दुग्ध उत्पादनमा आकर्षित गर्न ‘नश्ल सुधार कार्यक्रम’

बागलुङ– बागलुङको जैमिनी नगरपालिकाले किसानलाई व्यावसायिक पशुपालनमा आकर्षित गर्नका लागि

म्याग्दीको कोसेली टिमुरका परिकार

म्याग्दी– मुस्ताङ र म्याग्दी घुम्न आएका झापाको अर्जुनधाराका राकेश स्याङताङले