‘सान्बाबु’ मा उमेशसँग रोमान्टिक बनिन् केकी अधिकारी « Khabarhub

‘सान्बाबु’ मा उमेशसँग रोमान्टिक बनिन् केकी अधिकारी


१५ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गायक प्रविन बेडवाल र गायिका प्रतिमा केसीको स्वर रहेको सान्बाबु बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ ।

रोहित घिमिरेका शब्द, सिएल शर्माको संगीत रहेको सार्वजनिक म्युजिक भिडियोमा अभिनेत्री केकी अधिकारीसँग मोडल उमेश भट्टको रोमान्टिक अभिनय देख्न सकिन्छ ।

कुलेखानी, चित्लाङलगायतका रमणीय स्थानहरूमा भिडियोको छायांकन गरिएको छ । वैँशालु उमेरमा प्रेममा परेको एक प्रेमिल जोडीको रोमान्टिक प्रेम कहानीलाई निर्देशक प्रकाश धितालले कलात्मक शैलीमा भिडियोमा देखाएका छन् ।

युवा उद्यमीसमेत रहेका मोडल उमेशको केही समयअगाडि मात्रै रिलिज गरिएको लुकिछिपी बोलको गीतको भिडियोले चर्चा कमाएको थियो । उमेशले भोजपुरी फिल्म प्रेम गीतमा पनि शीर्ष भूमिकामा काम गरिसकेका छन् ।

उनका आधा दर्जन भिडियो आउने क्रममा रहेका छन् । विकाश दाहालको सम्पादन, उत्सव दाहालको छायांकन रहेको गीतमा सन्जिव बराईको एरेन्ज, किशोर थापाको मिक्सिङ रहेको छ । भिडियो द डिभाइन म्युजिकबाट बजारमा आएको हो ।

प्रकाशित मिति : १५ पुस २०७९, शुक्रबार  ५ : ५७ बजे

साइकल यात्राका माध्यमबाट गोरक्षतालको प्रवर्द्धन गरिँदै

बागमती– हिमालयन राइडर्स सोसाइटी हेटौँडाले हेटौँडा उपमहानगरपालिका-१८ स्थित गोरक्षतालको प्रवर्द्धन

मानव अधिकार आयोगमा लघुवित्त पीडित : संस्थाले दिएको खानाको भर, माग पूरा नहुन्जेल धर्ना बस्ने 

काठमाडौं– सर्लाही, धनुषासहित मधेशका जिल्लाबाट २३ दिन पैदलयात्रा गरेर काठमाडौं

कृषि उत्पादन ‘पकेट’ क्षेत्र विकास गर्न पाँच करोड ५० लाख अनुदान

कैलाली– कैलालीका १३ वटै स्थानीय तहमा ‘एक स्थानीय तह दुई

देउवालाई प्रदीपको सुझाव- अभिभावक बनेर तटस्थ रहिदिनुस्

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल संस्थापन इतर पक्ष शेरबहादुर देउवाको

पश्चिम बंगालका पूर्व विधानसभा उपसभामुख आशीष बनर्जी पार्टी कार्यालयमै झुन्डिएको अवस्थामा भेटिए

काठमाडौं– पश्चिम बंगाल विधानसभा पूर्वउपसभामुख तथा तृणमूल कांग्रेस (टीएमसी) का