बाँकेका दुर्गम गाउँमा मोबाइल नेटवर्क समस्याको अन्त्य हुँदै | Khabarhub Khabarhub

बाँकेका दुर्गम गाउँमा मोबाइल नेटवर्क समस्याको अन्त्य हुँदै


१५ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बाँकेका दुई दुर्गम गाउँपालिकामा देखिने मोबाइल नेटवर्कको समस्या अन्त्य हुने भएको छ ।

जिल्लाको राप्तीसोनारी र नरैनापुर गाउँपालिकामा नेपाल टेलिकमले थप टावर जडान गर्ने भएपछि सो समस्याको अन्त्य हुने भएको हो । यी गाउँपालिकाका अधिकांश क्षेत्रमा मोबाइल सेवा नहुँदा स्थानीयवासीलाई समस्या भइरहेकाले टेलिफोन सेवालाई गुणस्तरीय बनाउन थप टावर जडान गर्ने निर्णय भएको बाँके क्षेत्र नं १ (क) का प्रदेशसभा सदस्य कृष्णा केसीले जानकारी दिए ।

थप टावरको जडान र भएका टावरको क्षमता वृद्धिका लागि नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेलसँग माग गरेपछि टावर जडानको निर्णय भएको उनले बताए । “विभिन्न ठाउँका विभिन्न जङ्गलको राजमार्गमा नै मोबाइलको नेटवर्क देखिँदैन, त्यसैले यस्तो समस्याको अन्त्य गर्न खोजेको हो”, प्रदेशसभा सदस्यमा केसीले भने । अहिले सो क्षेत्रमा नौ थान थप टावर जडान हुनेछ । गत वर्ष पनि यसका लागि पहल भएको तर बाँके राष्ट्रिय निकुञ्ज र वन मन्त्रालयका कारण काम नभएको उल्लेख गर्दै उनले अहिले त्यस्तो समस्या नदोहोरिने बताए ।

नेटवर्कले काम नगर्ने स्थानमा थप टावर स्थापना गर्ने र कम क्षमता भएका टावरलाई क्षमता वृद्धि गर्ने निर्णय गरिएको नेपाल टेलिकमले जानकारी दिएको छ । कोहलपुरको चप्परगौडीदेखि दाङको शिवखोलासम्म र फत्तेपुर, विनौना हुँदै दाङको गोठुवासम्मको हुलाकी राजमार्ग तथा नरैनापुर र राप्तीसोनारीका धेरै ठाउँमा टावर नहुँदा मोबाइल नेटवर्कको समस्या रहेको बताइएको छ ।

यी क्षेत्रमा टेलिफोनको पहुँच पुर्‍याउन यस साताबाट सर्भेसमेत सुरु गरिने र भएका टावरमा क्षमता विस्तारको काम तत्काल नै सुरु गरिने प्रदेशसभा सदस्य केसीले बताए । उक्त क्षेत्रमा टावर विस्तार भएपछि टेलिकमको फोर जी सेवासमेत सञ्चालन हुने बताइएको छ ।

कोहलपुर चप्परगौडीदेखि दाङको शिवखोलासम्मको अधिकांश राजमार्गमा नेटवर्कले काम नगर्ने भएकाले विभिन्न भागमा थप टावर राख्नुपर्ने स्थानीयवासीले लामो समयदेखि माग गरिरहेका छन् । राप्तीसोनारी र नरैनापुरमा अहिले रहेका टेलिकम टावरका क्षमता कम भएकाले वृद्धि गर्नुपर्ने र थप जडान गर्नुपर्ने बताइएको छ ।

राप्तीसोनारी र नरैनापुर गाउँपालिकाका विभिन्न स्थानमा मोबाइल नेटवर्कका टावर थप गरिने भएपछि ती पालिकाका अध्यक्षले समेत खुसी व्यक्त गरेका छन् । नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले नयाँ टावर जडान र पुरानाको क्षमता विकास गरिएपछि नेटवर्कको समस्या समाधान हुनुका साथै जनताले राहत पाउने बताए ।

राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्त पौडेलले पनि मुख्य राजमार्गलगायत धेरै ठाउँमा मोबाइल नेटवर्कको समस्या रहेकाले अब समाधान हुने सुनेर खुसी लागेको उल्लेख गरे ।

प्रकाशित मिति : १५ पुस २०७९, शुक्रबार  ६ : १० बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०