कानून नमान्नेको कथामा आधारित ‘द आउट ल’ फ्लिम बन्ने | Khabarhub Khabarhub

कानून नमान्नेको कथामा आधारित ‘द आउट ल’ फ्लिम बन्ने


१५ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- रेट्रो ग्रुपको ब्यानरमा निर्माण गर्न लागिएको फिल्म ‘द आउट ल’ निर्माण घोषणा गरिएको छ । निर्माण टिमले अंग्रेजी नयाँ वर्षको छेको पारेर यो फिल्म निर्माण गर्ने घोषणा गरेको हो । फिल्मको थिम टिजर र फस्टलुक पोस्टर समेत सार्वजनिक गरिएको छ ।

सुशील श्रेष्ठ, शिक्षा संग्रौला, नरेश पौडेल, सुमन भण्डारी, हेम गुरुङ, विशाल पहारी, महेश त्रिपाठी, लगायतका कलाकारको मुख्य भुमिका रहने फिल्म एक्सन थ्रिलर जनराको रहेको जानकारी दिइएको छ । विक्की महर्जनको निर्देशनमा निर्माण हुन लागेको यो फिल्मले कानून नमान्ने व्यक्तिको कथा बोल्नेछ ।

कोरोना महामारीपछि अभिनेता सुशीलको लागि यो कमब्याक प्रोजेक्ट हो । सन् २०१५ मा होस्टेल रिटन्र्सबाट अभिनय करिअर सुरु गरेका सुशीलले सायद २, कारखाना र बादशाह जुटमा पनि अभिनय गरेका छन् ।

शशांक खड्का र अमित अग्रहरीको लगानीमा निर्माण हुने यस फिल्मका कार्यकारी निर्माता विनोद कडायत हुन् । कडायत फिल्म प्रेम गीत ३ का आर्ट डिरेक्टर समेत हुन् ।

निर्माता शशांक खड्काले फिल्मको छायांकनका लागि सम्पुर्ण तयारी पूरा भएको बताए । उनले जनवरी ५ बाट निर्माण टिम फ्लोरमा निस्कने जानकारी दिए ।

उनले भने, ‘फिल्मको कथा असाध्यै दमदार छ । युथ टार्गेट स्टोरी कथामा निर्माण हुने फिल्म मेकिङ टिममा धेरैजसो पढेका र युथ भएकाले फिल्मको आउटपुट राम्रो निस्कने विश्वास छ ।’

नविन गुरुङ फिल्मका डिओपी हुन् । २ करोड हाराहारी बजेट खर्च हुने अनुमान गरिएको यो फिल्म आगामी वर्षको दशैंमा प्रदर्शन गर्ने निर्माण टिमको तयारी छ ।

प्रकाशित मिति : १५ पुस २०७९, शुक्रबार  ६ : २२ बजे

नवलपरासीमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु

नवलपरासी – नवलपरासी (बर्दघाट सुस्तापूर्व) को हुप्सेकोट गाउँपालिका–५ राम्चेमा पौडी

अवरुद्ध स्याफ्रुबेँसी–रसुवागढी सडक सञ्चालनमा

रसुवा – गत असार २४ गते ल्हेन्दे खोलामा आएको बाढीका

झोलुङ्गे पुल बनेपछि मोहना नदी वारपार गर्न सहज

कैलाली – यहाँको कैलारी गाउँपालिका– ४ भितरीया र वडा नं

धनगढीका सहायक वन अधिकृत यादव घुससहित रंगेहात पक्राउ

धनगढी – डिभिजन वन कार्यालय धनगढीका सहायक वन अधिकृत पूर्ण

सिरहा कारागार झडपबारे प्रतिवेदन तयार

सिरहा – जिल्ला कारागार सिरहामा आइतबार भएको कैदीबन्दीबीचको झडप सम्बन्धमा