कानून नमान्नेको कथामा आधारित ‘द आउट ल’ फ्लिम बन्ने « Khabarhub

कानून नमान्नेको कथामा आधारित ‘द आउट ल’ फ्लिम बन्ने


१५ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- रेट्रो ग्रुपको ब्यानरमा निर्माण गर्न लागिएको फिल्म ‘द आउट ल’ निर्माण घोषणा गरिएको छ । निर्माण टिमले अंग्रेजी नयाँ वर्षको छेको पारेर यो फिल्म निर्माण गर्ने घोषणा गरेको हो । फिल्मको थिम टिजर र फस्टलुक पोस्टर समेत सार्वजनिक गरिएको छ ।

सुशील श्रेष्ठ, शिक्षा संग्रौला, नरेश पौडेल, सुमन भण्डारी, हेम गुरुङ, विशाल पहारी, महेश त्रिपाठी, लगायतका कलाकारको मुख्य भुमिका रहने फिल्म एक्सन थ्रिलर जनराको रहेको जानकारी दिइएको छ । विक्की महर्जनको निर्देशनमा निर्माण हुन लागेको यो फिल्मले कानून नमान्ने व्यक्तिको कथा बोल्नेछ ।

कोरोना महामारीपछि अभिनेता सुशीलको लागि यो कमब्याक प्रोजेक्ट हो । सन् २०१५ मा होस्टेल रिटन्र्सबाट अभिनय करिअर सुरु गरेका सुशीलले सायद २, कारखाना र बादशाह जुटमा पनि अभिनय गरेका छन् ।

शशांक खड्का र अमित अग्रहरीको लगानीमा निर्माण हुने यस फिल्मका कार्यकारी निर्माता विनोद कडायत हुन् । कडायत फिल्म प्रेम गीत ३ का आर्ट डिरेक्टर समेत हुन् ।

निर्माता शशांक खड्काले फिल्मको छायांकनका लागि सम्पुर्ण तयारी पूरा भएको बताए । उनले जनवरी ५ बाट निर्माण टिम फ्लोरमा निस्कने जानकारी दिए ।

उनले भने, ‘फिल्मको कथा असाध्यै दमदार छ । युथ टार्गेट स्टोरी कथामा निर्माण हुने फिल्म मेकिङ टिममा धेरैजसो पढेका र युथ भएकाले फिल्मको आउटपुट राम्रो निस्कने विश्वास छ ।’

नविन गुरुङ फिल्मका डिओपी हुन् । २ करोड हाराहारी बजेट खर्च हुने अनुमान गरिएको यो फिल्म आगामी वर्षको दशैंमा प्रदर्शन गर्ने निर्माण टिमको तयारी छ ।

प्रकाशित मिति : १५ पुस २०७९, शुक्रबार  ६ : २२ बजे

ड्रोन आक्रमण बढेको कारण युक्रेनी विश्वविद्यालयद्वारा अनलाइन कक्षा जारी गर्न निर्देशन

कीएभ- रूसले दिनको समयमा पनि आक्रमण गरेको भन्दै युक्रेनको प्रमुख

टी–२० सिरिजमा गण्डकीको विजयी सुरुवात

काठमाडौं– नेपाल भ्रमणमा आएको भुटानको राष्ट्रिय क्रिकेट टिम, गण्डकी प्रादेशिक

असोज ८ देखि हालसम्म विपद्का घटनामा ३५ जनाको मृत्यु

काठमाडौं– अविरल वर्षाका कारण यही असोज ८ गतेदेखि देशका विभिन्न

यूएनएचसीआरमा आर्थिक संकट, ८३ लाख विस्थापित सहायता र संरक्षणबाट वञ्चित हुने जोखिममा

जेनेभा- संयुक्त राष्ट्रसंघीय शरणार्थीसम्बन्धी निकाय (यूएनएचसीआर) ले पर्याप्त बजेट अभावका कारण

सञ्चारमन्त्री तिमिल्सिनाको कोरिया भ्रमण स्थगित

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले गणतन्त्र कोरियाको राजधानी