अञ्जन विष्टको दुई गोलसँगै चर्च ब्वाइज आहा रारा गोल्डकपको क्वाटरफाइनलमा | Khabarhub Khabarhub

अञ्जन विष्टको दुई गोलसँगै चर्च ब्वाइज आहा रारा गोल्डकपको क्वाटरफाइनलमा


१५ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- केही दिनअघि मात्रै मनाङ मर्स्याङ्दी क्लब छाडेर आएका अञ्जन विष्टको दुई गोलसँगै चर्च ब्वाइज युनाइटेड पोखरामा जारी आहा रारा गोल्डकपको क्वाटरफाइनल प्रवेश गरेको छ ।

विभागीय टीम नेपाल पुलिस क्लबलाई २–१ गोल अन्तरले हराउँदै चर्च ब्वाइज क्वाटरफाइन प्रवेश गरेको हो ।

खेलको २५ औं मिनेटमा रवीशंकर पासवानको गोलसँगै अग्रता लिएको पुलिस दोश्रो हाफमा सम्हालिन नसक्दा प्रतियोगिताबाट बाहिरिएको हो । पहिलो हाफ १–० ले पछि परेको चर्च ब्वाइज दोश्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै १–१ को बराबरीमा उक्लियो । ७७ औं मिनेटमा चर्च ब्वाइजका लागि अञ्जन विष्टले पहिलो गोल गरे ।

थपिएको अतिरिक्त समयमा थप एक गोल गर्दै चर्च ब्वाइज आहा राराको डेब्यु खेलमै क्वाटरफाइनल प्रवेश गर्न सफल भयो । अतिरिक्त समयको आठौं मिनेटमा पाएको कर्नर किकलाई सदुपयोग गर्दै अञ्जन विष्टले हेड मार्फत गोल गर्दै टीमलाई जित दिलाएका हुन् ।

प्रकाशित मिति : १५ पुस २०७९, शुक्रबार  ६ : ३४ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’