कवि शिरोमणि लेखनाथ पौड्यालको १३९औँ जन्मजयन्ती मनाइयो | Khabarhub Khabarhub

कवि शिरोमणि लेखनाथ पौड्यालको १३९औँ जन्मजयन्ती मनाइयो


१५ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कवि शिरोमणि लेखनाथ पौड्यालको १३९औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइएको छ । उनको जन्मस्थल कास्कीको लेखनाथस्थित अघौँ अर्चलेमा आज जन्मजयन्ती मनाइएको हो ।

कवि शिरोमणि लेखनाथ पौड्याल जन्मस्थल विकास समिति, पोखरा प्रज्ञा प्रतिष्ठान, लेखनाथ साहित्य प्रतिष्ठान लगायतका संस्थाद्वारा आयोजित लेखनाथको १३९औँ जन्मजयन्ती कार्यक्रममा यस क्षेत्रका कवि तथा साहित्यकारको बाक्लो उपस्थिति रहेको थियो । कवि शिरोमणि लेखनाथको जन्म विसं १९४१ पुस १५ गते कास्की जिल्लाको अर्घौ अर्चलेमा भएको हो ।

जन्मजयन्तीका अवसरमा साहित्य, शिक्षा, सांस्कृतिक तथा पत्रकारिता क्षेत्रमा योगदान पुर्‍याउने विभिन्न व्यक्तित्वलाई सम्मान गरिनुका साथै कविता वाचन र कवि शिरोमणिले साहित्य क्षेत्रमा पुर्‍याएको योगदानका बारेमा चर्चा गरिएको थियो ।

कार्यक्रम गण्डकी प्रदेशसभा सदस्य एवं पूर्व मन्त्री खगराज अधिकारीले कवि शिरोमणि लेखनाथ पौड्याल नेपाली भाषा र साहित्यका महान सर्जक भएको बताए । “लेखनाथ पौड्याल नेपाली भाषीमाझ स्वदेशमा मात्र नभई विदेशमा प्रख्यात हुनुहुन्थ्यो”, नेता अधिकारीले भने ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले कवि शिरोमणि लेखनाथ पौड्यालले प्रकृति, मानव जीवन, समाज र कलाको माधुर्यतालाई आफ्ना कविताहरूमा भित्रसम्म उधिनेर प्रस्तुत गर्न सक्ने कविको रुपमा चिनिने गरेको बताए । लेखनाथका हरेक कविताले प्रज्ञाको ज्योति जगाउनुका साथै आनन्द दिलाउँने खालका रहेको उनको भनाइ थियो ।

साहित्यकार सरुभक्त श्रेष्ठले भने, “लेखनाथले कविता मानव जीवनका विषयमा मात्र होइन, मृत्युका विषयमा पनि अकाट्य दार्शनिक कविता कोर्नुभएको छ ।” प्रकृतिको चित्रण र मनमोहक वर्णन त उनको काव्यशिल्पको मुटु नै भएको श्रेष्ठको भनाइ छ । साहित्यकार तथा पृथ्वीनारायण क्याम्पस नेपाली विभाग प्रमुख प्रा.डा. कुशुमाकर न्यौपानेले १२ वर्षको उमेरमै कविता कोर्न थालेका लेखनाथलाई पोखराको मनोरम प्राकृतिक दृश्यले पनि कवित्व गुणमा ऊर्जा थपिदिएको उल्लेख गरे ।

साहित्यकार तथा लोक गायिका हरिदेवी कोइरालाले प्रकृतिको चित्रण गर्ने सन्दर्भमा कवि शिरोमणि लेखनाथ पौड्यालले सबै ऋतुहरूप्रति उच्च सम्मानको गाथा गाएको भनाइ राखिन् । सो अवसरमा साहित्यकार हरिदेवी कोइरालाले शिरोमणि लेखनाथकी छोरी कुन्तीदेवी भट्टराईले लेखेको कविता वाचन गरेकी थिइन् ।

जन्मजयन्तीकै अवसरमा नेपाली भाषा विज्ञानमा विशेष योगदान पुर्‍याउने चुडामणि रेग्मीलाई लेखनाथ साहित्य पुरस्कारद्वारा सम्मान गरिएको थियो । उक्त पुरस्कारको राशि ५० हजार रुपैयाँ र सम्मान पत्र रहेको छ ।

त्यस्तैगरी कुन्तिदेवी साहित्य पुरस्कारद्वारा साहित्यकार तथा लोक गायिका हरिदेवी कोइराला र लेखनाथ सांस्कृतिक पुरस्कारद्वारा वेदनाथ अधिकारीलाई सम्मान गरिएको थियो । ती पुरस्कार २५ हजार राशिका छन् ।

यस्तै, पत्रकारिता क्षेत्रमा योगदान पुर्‍याएको भन्दै पत्रकार सरिता तिमिल्सेनालाई लेखनाथ पत्रकारिता पुरस्कारद्वारा सम्मान गरिएको छ । उक्त पुरस्कारको राशि ११ हजार एक सय ११ रुपैयाँ र सम्मान पत्र रहेको छ ।

त्यसैगरी शिक्षा क्षेत्रमा उत्कृष्ट छात्राछात्रालाई प्रत्येक जन्मजयन्तीमा पुरस्कृत गरिँदै आइएको छ । उक्त कार्यक्रमको सभापतित्व लेखनाथ जन्मस्थल विकास समितिका अध्यक्ष एवं साहित्यकार पदमराज ढकालले गरेका थिए ।

प्रकाशित मिति : १५ पुस २०७९, शुक्रबार  ७ : ०८ बजे

पाकिस्तानी रेल अपहरण प्रकरण- आत्मघाती आक्रमणकारी पसेपछि उद्धारमा समस्या, कयौँको हत्या

इस्लामवाद- पाकिस्तानमा हतियारधारी पृथकतावादी समूहले मंगलबार यात्रुवाहक एउटा रेल नियन्त्रणमा

ग्रिनल्यान्डको संसदीय चुनावमा अति राष्ट्रवादी पार्टीलाई सबैभन्दा बढी मत

एजेन्सी – अति राष्ट्रवादी डेमोक्राटिट पार्टीले ग्रिनल्यान्डको संसदीय चुनावमा सबैभन्दा

शरीरमा आगो सल्किए कसरी आफूलाई जोगाउने ? यस्ता छन् उपाय

काठमाडौं– गत माघमा काठमाडौंको कमलपोखरीस्थित शानदार म:म पसलमा भएको ग्यास

अहिलेको सरकारले सुशासनका कुरा गर्न सुहाउँदैन : प्रभु साह

काठमाडौं- आमजनता पार्टीका अध्यक्ष प्रभु साहले अहिलेको सरकारले सुशासनको कुरा

नामिबियाद्वारा नेपाल सामू १२६ रनको लक्ष्य प्रस्तुत

काठमाडौं– यास्मिन खानको उत्कृष्ट ब्याटिङसँगै नामिबियाले महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट