प्रधानमन्त्रीलाई नागरिक उन्मुक्तिको पत्र : रेशमलाई छुटाउन अध्यादेश जारी गर्न माग | Khabarhub Khabarhub

प्रधानमन्त्रीलाई नागरिक उन्मुक्तिको पत्र : रेशमलाई छुटाउन अध्यादेश जारी गर्न माग


१५ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नागरिक उन्मुक्ति पार्टीले टीकापुर घटनासम्बन्धी मुद्दा खारेजीलगायत मागअघि सार्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई स्मरण पत्र बुझाएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटेर शुक्रबार सो पार्टीले पाँच बुँदे मागसहित नागरिकस्मरण पत्र बुझाएको हो ।

‘२०७२ सालको टीकापुर घटनाको आरोपितहरू जो जेलमा बन्दी हुनुहुन्छ । उनीहरूको निःशर्त रिहाइ, ५८ जनाको नाममा रहेको मुद्दा खारेजी र उक्त घटनाको सत्य तथ्य छानबिन गरी सार्वजनिक गर्न बनेका सम्पूर्ण आयोगका प्रतिवेदन सार्वजनिक नहुँदासम्म प्रदेश सरकारमा सहभागी पनि नहुने र कुनै पनि गठबन्धनलाई सहयोग र समर्थन पनि नगर्ने स्मरण गर्न चाहान्छौ ।’स्मरण पत्रमा उल्लेख छ ।

पार्टीका प्रवक्ता दामोदर पण्डितले आफूहरूको माग सम्बोधन नभएसम्म प्रदेश सरकारमा पनि सहभागी नहुने र कुनै पनि गठबन्धनलाई सहयोग समर्थन नगर्ने बताएका छन् ।

सार्थ उक्त पत्रमा रेशम चौधरी छुटाउने अध्यादेश जारी गर्न माग गरिएको छ । नागरिक उन्मुक्ति पार्टीले संरक्षक रेशम चौधरीसहित राजनीतिक बन्दीहरुको रिहाई हुने गरी अघिल्लो सरकारले ल्याएको अध्यादेश जारी गर्न माग गरेको छ ।

प्रकाशित मिति : १५ पुस २०७९, शुक्रबार  ८ : १९ बजे

ताप्लेजुङको याम्फुदिनमा बोलेरो दुर्घटना, चालकको मृत्यु

ताप्लेजुङ– ताप्लेजुङको सिरीजंघा गाउँपालिका–८ याम्फुदिनमा सवारी दुर्घटना हुँदा एक जनाको

तान्जानियामा बाढी पहिरोमा परी ४७ जनाको मृत्यु

तान्जानिया– उत्तरी तान्जानियामा बाढीका कारण आएको पहिरोमा परी कम्तीमा ४७

इटालियन सिरी ए : नापोलीविरुद्ध इन्टर मिलानको ३ गोल

काठमाडौँ– इटालियन सिरी ए फुटबलमा इन्टर मिलान विजयी भएको छ

पाल्पाको रामपुरमा व्यावसायिक कालिजपालन

पाल्पा- रामपुर क्षेत्रमा नयाँ व्यवसायको रुपमा कालिजपालन थालनी भएको छ

उपप्रधानमन्त्री खड्का घाना प्रस्थान

काठमाडौँ– उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का अन्तर्राष्ट्रिय शान्ति स्थापनासम्बन्धी संयुक्त