प्रधानमन्त्रीलाई नागरिक उन्मुक्तिको पत्र : रेशमलाई छुटाउन अध्यादेश जारी गर्न माग « Khabarhub

प्रधानमन्त्रीलाई नागरिक उन्मुक्तिको पत्र : रेशमलाई छुटाउन अध्यादेश जारी गर्न माग


१५ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नागरिक उन्मुक्ति पार्टीले टीकापुर घटनासम्बन्धी मुद्दा खारेजीलगायत मागअघि सार्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई स्मरण पत्र बुझाएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटेर शुक्रबार सो पार्टीले पाँच बुँदे मागसहित नागरिकस्मरण पत्र बुझाएको हो ।

‘२०७२ सालको टीकापुर घटनाको आरोपितहरू जो जेलमा बन्दी हुनुहुन्छ । उनीहरूको निःशर्त रिहाइ, ५८ जनाको नाममा रहेको मुद्दा खारेजी र उक्त घटनाको सत्य तथ्य छानबिन गरी सार्वजनिक गर्न बनेका सम्पूर्ण आयोगका प्रतिवेदन सार्वजनिक नहुँदासम्म प्रदेश सरकारमा सहभागी पनि नहुने र कुनै पनि गठबन्धनलाई सहयोग र समर्थन पनि नगर्ने स्मरण गर्न चाहान्छौ ।’स्मरण पत्रमा उल्लेख छ ।

पार्टीका प्रवक्ता दामोदर पण्डितले आफूहरूको माग सम्बोधन नभएसम्म प्रदेश सरकारमा पनि सहभागी नहुने र कुनै पनि गठबन्धनलाई सहयोग समर्थन नगर्ने बताएका छन् ।

सार्थ उक्त पत्रमा रेशम चौधरी छुटाउने अध्यादेश जारी गर्न माग गरिएको छ । नागरिक उन्मुक्ति पार्टीले संरक्षक रेशम चौधरीसहित राजनीतिक बन्दीहरुको रिहाई हुने गरी अघिल्लो सरकारले ल्याएको अध्यादेश जारी गर्न माग गरेको छ ।

प्रकाशित मिति : १५ पुस २०७९, शुक्रबार  ८ : १९ बजे

रास्वपाको उम्मेदवार छनोट रूपरेखा : पैसा, पहुँच र गुटको प्रभाव नचल्ने 

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तह निर्वाचनका

साउदीका लागि प्रस्तावित राजदूत सुनार अस्वीकृत हुँदा १० जनाको नाम अनुमोदन

काठमाडौं – संसदीय सुनुवाइ समितिले विभिन्न १३ देशका लागि प्रस्तावित

कांग्रेस केन्द्रीय सदस्यमा चिरीबाबुको अग्रता

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य (प्रत्यक्ष, खुला) तर्फको

कांग्रेस सहमहामन्त्री खस–आर्यतर्फ मनोजमणि आचार्यको अग्रता

काठमाडौं– नेपाली कांग्रेसको सहमहामन्त्री खस–आर्यतर्फको मतगणनामा मनोजमणि आचार्यले अग्रता लिएका