पालिकास्तरीय कृषि मेला प्रदर्शनीमा ५१ किसान पुरस्कृत | Khabarhub Khabarhub

पालिकास्तरीय कृषि मेला प्रदर्शनीमा ५१ किसान पुरस्कृत


१५ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

खोटाङ – ऐसेलुखर्क गाउँपालिकाले आयोजना गरेको पालिकास्तरीय कृषि मेला प्रदर्शनीमा ५१ किसान पुरस्कृत भएका छन् । ‘कृषि क्षेत्रको आधुनिकरणका लागि व्यवस्थित पूर्वाधार, प्रविधिमैत्री कृषि उत्पादन ऐसेलुखर्कको आधार’ भन्ने नारासहित सम्पन्न दुईदिने कृषि मेला प्रदर्शनीमा १७ विधाका प्रथम, द्वितीय र तृतीय हुने ५१ किसानलाई पुरस्कृत गरिएको हो ।

पुरस्कृत हुने किसानलाई क्रमशः नगद रु तीन हजार, दुई हजार र एक हजारका साथमा प्रमाणपत्रसहित पुरस्कृत गरिएको कृषि शाखा प्रमुख प्रमोदकुमार राजभण्डारीले जानकारी दिए । कृषि मेला प्रर्दशनीमा खाद्यान्न बालीतर्फ जिरामायाँ राई प्रथम, राजेन्द्र राई द्वितीय र सन्तमायाँ विश्वकर्मा तृतीय भएका छन् ।

दलहनतर्फ मिनबहादुर राई प्रथम, हिमकला राई द्वितीय र जमुना राई तृतीय, तेलहनतर्फ अडिमान विश्वकर्मा प्रथम, खड्गबहादुर श्रेष्ठ द्वितीय र लिलादेवी राजभण्डारी तृतीय, सुन्तला जातका फलफूलतर्फ हिमकला राई प्रथम, तारासुर राई द्वितीय र दुर्गा राई तृतीय भएका छन् ।

आलुतर्फ डिल्ली राजभण्डारी प्रथम, राममायाँ दाहाल द्वितीय र भूपेन्द्र राजभण्डारी तृतीय, केरातर्फ सरस्वती अधिकारी प्रथम, भद्रचन्द्र राई द्वितीय र भक्तिमायाँ राई तृतीय, किबीतर्फ अङ्गत राई प्रथम, प्रेमबहादुर राई द्वितीय र कमला राई तृतीय, निर्यात प्रवद्र्धन बालीतर्फ डिल्लीमायाँ राई प्रथम, हिमकला राई द्वितीय र नरबहादुर पराजुली तृतीय भएका छन् ।

गोलभेडातर्फ कुलबहादुर राई प्रथम, डिल्लीराम लम्साल द्वितीय र दिलबहादुर राई तृतीय, काउलीतर्फ सरिता श्रेष्ठ प्रथम, नीरबहादुर तामाङ द्वितीय र कैलास राई तृतीय, नगदेबालीतर्फ डिल्लीराम लम्साल प्रथम, हरिता राई द्वितीय र नविना श्रेष्ठ तृतीय भएका छन्।

तरकारी बालीतर्फ गोविन्द वन प्रथम, माइते वन द्वितीय र कमला राई तृतीय, जरेबालीतर्फ मीनबहादुर राई प्रथम, राजकुमार श्रेष्ठ द्वितीय, गोविन्द वन तृतीय, मसला बालीतर्फ कमला राई प्रथम, कर्णबहादुर राई द्वितीय र मीनबहादुर राई तृतीय, कन्दमूलतर्फ दीलबहादुर राई प्रथम, नौलसिंह खुलाल द्वितीय र विष्णुमायाँ पौडेल तृतीय, च्याउतर्फ टेकबहादुर राई प्रथम, अन्यबालीतर्फ भूपेन्द्र राजभण्डारी प्रथम, तारासुर राई द्वितीय र सुबोध विश्वकर्मा तृतीय भएका हुन् ।

कृषकले उत्पादन गरेका कृषि उपजलाई एक ठाउँमा भेला गरेर प्रदर्शन एवं बजारीकरण गर्ने, कृषि उपजबिचमा प्रतिष्पर्धा गराउने तथा एक ठाउँका कृषकलाई अर्को ठाउँका नमूना कृषकको सिको गराउँदै समग्र किसानलाई व्यावसायिक बनाउन प्रोत्साहित गर्ने लक्ष्यका साथ कृषि मेला प्रदर्शनी आयोजना गरिएको गाउँपालिका प्रमुख गीरेन्द्रबहादुर राईले बताए । “कृषकले उत्पादन गरेका कृषि उपजबीचमा प्रतिष्पर्धा गराउने, कृषकलाई व्यावसायिक बन्न प्रोत्साहित गर्ने र नमूना कृषकको सिको गराउने लक्ष्यका साथ हरेक वर्ष कृषि मेला प्रदर्शनीको आयोजन हुँदै आएको छ”, उनले भने, “विभिन्न ठाउँमा उत्पादन भएका कृषि उपजको प्रचारप्रसार गर्दै कृषि उत्पादनका लागि किसानबीच प्रतिष्पर्धात्मक वातावरण बनाउने लक्ष्य लिइएको छ ।”

गाउँपालिकाको कृषि तथा पशु सेवा शाखाले विसं २०७४ देखि नै पालिकास्तरीय कृषि मेला प्रदर्शनीको आयोजना गर्दै आएको छ । ऐसेलुखर्क बजारको हटियाडाँडामा आयोजना गरिएका कृषि मेला प्रदर्शनीमा गाउँपालिकाका एक सय ६१ कृषकले उत्पादन गरेका चार सय ५६ कृषिजन्यवस्तु स्टलका रुपमा राखिएको थियो ।

टाढाटाढाबाट आएका किसानले खाद्यान्न बाली, काउली परिवारका बाली, जरे बाली, टमाटर, फर्सी, लहरे बाली, हरियो तरकारी, दलदन, सुन्तला जातको फलफूल, किबी, केरा, आलु, निर्यात प्रवद्धन बाली, आलु, तेलहन बाली, मसला बाली, च्याउ, कन्दमुल र विविध बाली प्रदर्शनीमा राखिएको थियो । कृषि मेलामा गाउँपालिकाका ऐसेलुखर्क, महेश्वरी, सुङ्देल, दिप्सुङ, राखाबाङ्देल, जलेश्वरी लगायतका ठाउँका किसानले ल्याएका तरकारी, फलफूल, खाद्यान्न, तेलहनरदलहन तथा नगदे बालीअन्तर्गत १७ स्टल राखिएको कृषि शाखाले जनाएको छ ।

प्रकाशित मिति : १५ पुस २०७९, शुक्रबार  ८ : २५ बजे

निशा डाँगीले भनिन्- महामन्त्रीमाथि कारबाही निर्णयमा मैले हस्ताक्षर गरेकी छु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी सांसद निशा डाँगीले महामन्त्री मुकुल

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएको छ ।

पञ्जाबमा सौर्य ऊर्जा जडान गर्ने घरधुरीको सङ्ख्यामा घट्यो

काठमाडौं– सित्तैमा विद्युत् पाउने भएपछि भारतको पञ्जाबमा सौर्य ऊर्जा जडान

रास्वपाका मन्त्रीहरूलाई प्रधानमन्त्री प्रचण्डको जवाफ, ‘राजीनामा दिन्न, संसद् फेस गर्छु’

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा नदिने अडान लिएका छन्

अशोक राई नेतृत्वको जसपाले नयाँ गठबन्धनलाई समर्थन गर्ने

काठमाडौं– नयाँ सत्ता समीकरणका लागि नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट