ट्रम्पले गरे विमानस्थल पुगेर चिनियाँ राष्ट्रपति सीको भव्य स्वागत : २१ तोपको सलामी « Khabarhub

ट्रम्पले गरे विमानस्थल पुगेर चिनियाँ राष्ट्रपति सीको भव्य स्वागत : २१ तोपको सलामी

दुई देश प्रतिस्पर्धाभन्दा ‘साझेदार’ हुनुपर्नेमा सीको जोड


८ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ समकक्षी सी चिनफिङलाई वासिङ्टनमा भव्य स्वागत गरेका छन् । विश्वका दुई ठूला अर्थतन्त्रबीच जारी व्यापार तनावलाई केही समय रोक्ने सहमति थप भएकै बेला चिनियाँ राष्ट्रपति अमेरिका पुगेका हुन् ।

संयुक्त राज्य अमेरिकाका वाणिज्य मन्त्रीका अनुसार दुवै मुलुक व्यापार युद्धको विरामलाई लम्ब्याउन सहमत भएका छन् ।

चिनियाँ सरकारी सञ्चारमाध्यम ‘सिन्ह्वा’का अनुसार जोइन्ट बेस एन्ड्र्युज विमानस्थल ओर्लिंदा राष्ट्रपति सी र उनकी धर्मपत्नीलाई २१ तोपको सलामी र सैनिक ब्याण्डसहित भव्य स्वागत गरिएको थियो । सो क्रममा अमेरिकी बालबालिकाले उनीहरूलाई पुष्पगुच्छा अर्पण गरेका थिए ।

समारोहका क्रममा रातो कार्पेटमा दुवै नेता सँगै हिँडेका थिए । राष्ट्रपति ट्रम्पले सीलाई ‘एक महान् नेता’ र यो पललाई ‘ऐतिहासिकक्षण’ भन्दै प्रशंसा गरेको बिबिसीले खबर लेखेको छ ।

भ्रमणका क्रममा लिखित वक्तव्य जारी गर्दै चिनियाँ राष्ट्रपति सीले चीन र अमेरिका दुवै ‘महान् राष्ट्र’ र यहाँका जनता ‘महान्’ भएको उल्लेख गरे ।

“दुई देश प्रतिद्वन्द्वीभन्दा पनि एकअर्काको साझेदार हुनुपर्छ,” सिन्ह्वाले सीलाई उद्धृत गर्दै लेखेको छ, “चिनियाँ राष्ट्रको महान् पुनरुत्थान र अमेरिकालाई पुनः महान् बनाउने अभियान पूर्ण रूपमा एकसाथ अघि बढ्न सक्छन्, जसले एकअर्कालाई सबल बनाउनुका साथै सम्पूर्ण विश्वलाई नै फाइदा पुर्‍याउँछ ।”

प्रकाशित मिति : ८ आश्विन २०८३, बिहीबार  ६ : २८ बजे

विपद्जन्य जोखिममा सतर्क रहन देशभरका पालिकाको आग्रह

काठमाडौँ – काठमाडौँ महानगरपालिककासहित देशभरका स्थानीय तहले असोज ९ देखि

कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठक : यस्ता छन् निर्णय

कर्णाली– कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णय गरेको छ

राष्ट्रसङ्घमा परराष्ट्रमन्त्री खनालले भने-‘हामीले सिर्जना नगरेको उत्सर्जनको मूल्य चुकाउँदै छौँ’

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण अति जोखिममा

ट्रम्पले गरे विमानस्थल पुगेर चिनियाँ राष्ट्रपति सीको भव्य स्वागत : २१ तोपको सलामी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ समकक्षी सी चिनफिङलाई

‘भोटेकोशीको विपद् नेपालको मात्र होइन, विश्वकै लागि चेतावनी हो’: परराष्ट्रमन्त्री खनाल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले जलवायुजन्य विपद्बाट प्रभावित नेपालको पुनःस्थापना