प्रचण्डलाई भारतीय र चिनियाँ प्रधानमन्त्रीले दिए एकै दिन बधाई « Khabarhub

प्रचण्डलाई भारतीय र चिनियाँ प्रधानमन्त्रीले दिए एकै दिन बधाई


१५ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई छिमेकी देश भारत र चीनका प्रधानमन्त्रीले एकै दिन बधाई दिएका छन् । शुक्रबार दुवै देशका प्रधानमन्त्रीले प्रचण्डलाई बधाई चिठी पठाउँदै नेपालसँग सहकार्य गर्न इच्छुक रहेको बताएका हुन् ।

शुक्रबार भारतीय राजदूत नवीन श्रीवास्तवले बालुवाटार पुगेर आफ्ना सरकार प्रमुख नरेन्द्र मोदीलेले प्रधानमन्त्री प्रचण्डका नाममा पठाएको चिठी हस्तान्तरण गरेका छन्। मोदीले प्रधानमन्त्री भएलगत्तै प्रचण्डलाई ट्विटरमार्फत बधाई दिएका थिए भने भारतीय विदेशसचिव विनयमोहन क्वात्राले टेलिफोनमा बधाई दिएका थिए।

त्यस्तै चिनियाँ चिनियाँ दूतावासका प्रतिनिधि वाङ छिनले बालुवाटार पुगेर प्रधानमन्त्री ली खछियाङको बधाई सन्देश प्रचण्डलाई हस्तान्तरण गरेका हुन् ।बधाई सन्देशमा चिनियाँ समकक्षी खछियाङले प्रचण्डलाई नेपालको विकासमा आफ्नो पूर्ण साथ र समर्थन रहने उल्लेख गरेका छन् । प्रचण्ड प्रधानमन्त्री नियुक्त भएपछि सबैभन्दा पहिले चीनले बधाई दिएको थियो ।

 

प्रकाशित मिति : १५ पुस २०७९, शुक्रबार  १० : ३६ बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ