यी हुन् कलेजो बिग्रिएको थाहा पाउने ५ संकेत « Khabarhub

यी हुन् कलेजो बिग्रिएको थाहा पाउने ५ संकेत


१७ माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कलेजो शरीरको छालाभन्दा दोस्रो ठुलो अंग हो । अन्य अंगहरु जस्तै कलेजो पनि शरीरको महत्त्वपूर्ण अंग हो । कलेजोले काम गर्न छोडे मानिसको मृत्यु हुन्छ ।

कलेजोको सम्बन्ध पाचन प्रक्रियासँग हुन्छ । यसले शरीरमा भएको विष वा विभिन्न रसायनलाई फिल्टर गरी पित्त उत्पादन गर्छ र दिसा र पिसाबको रुपमा बाहिर फाल्छ । यस बाहेक कलेजोका अन्य धेरै कामहरु छन् । तर शरीरको यति महत्त्वपूर्ण कलेजोमा समस्या आयो भने शरीरमा विभिन्न संकेत देखा पर्दछ । जसको तत्काल उपचार गराइहाल्नुपर्छ ।

यी हुन् कलेजोमा समस्या हुँदा शरीरमा देखिने संकेत :

खाना मिठो नलाग्नु
खान मन लाग्दालाग्दै कुनै पनि खानाको स्वाद थाहा हुँदैन। बारम्बार स्वाद फरक लाग्छ र मुखबाट अर्कै गन्ध आउँछ।

रगत बान्ता हुनु
कलेजोको समस्या बढ्दै गयो भने रगत बान्ता हुन थाल्छ । बान्तामा रगतको छिर्का देखियो भने कलेजोको समस्या हुनसक्छ ।

– हातखुट्टा सुन्निने
कलेजो अस्वस्थ हुँदा हातखुट्टा सुन्निन थाल्छ । पेटभन्दा तल पनि सुन्निएको महसुस हुन्छ । यदि हात गोडा धेरै सुन्नियो भने कलेजोमा समस्या भएको हुनसक्छ ।

– छाला पहेँलो हुँदै जानु
कलेजोमा समस्या आए शरीरका छालाहरू पहेँलो हुँदै जान्छ । आँखा पनि पहेँलो हुँदै जान्छ । पिसाबमा पनि पहेँलोपना बढ्दै जान्छ । यस्तो भए कलेजोको समस्या हुनसक्छ ।

कमजोरी
परिश्रम नगरी बारम्बार थकान र कमजोरी महसुस हुने, निन्द्रा कम लाग्ने भयो भने पनि कलेजोको समस्या हुनसक्छ ।

यी र त्यस्ता कुनै पनि लक्षणहरू देखिए तुरुन्त उपचार थाल्नु पर्छ ।

प्रकाशित मिति : १७ माघ २०७८, सोमबार  ७ : ४८ बजे

दुबई विमानस्थल नजिक ड्रोन आक्रमण, उडान सेवा प्रभावित

एजेन्सी– दुबईमा रहेको अन्तर्राष्ट्रिय विमानस्थल नजिक ड्रोन सम्बन्धी घटना भएपछि

वर्षायाममा पुनर्निर्मित बीपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी

काभ्रेपलाञ्चोक– पटकपटकको बाढीपहिरोले क्षतिग्रस्त बीपी राजमार्गको हाल स्थायी रूपमा पुनर्निर्माण

होर्मुज बन्द : विश्व बजारमा दबाब

एजेन्सी– इरानले कच्चा तेल आपूर्तिका लागि अत्यन्त महत्त्वपूर्ण मानिने स्ट्रेट

बागमती प्रदेश सरकारको आठ महिनाको खर्च १७ प्रतिशत

बागमती– बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२-८३ को आठ

कालोपट्टी बाँधेर सडकमा जेन-जी : कार्की आयोगको पूरा प्रतिवेदन खै ? 

काठमाडौं– जेन-जी आन्दोलनबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले