राम्रोसँग देश चलाउन उमेरले रोक्दैन | Khabarhub Khabarhub

राम्रोसँग देश चलाउन उमेरले रोक्दैन


१७ माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सही काम गर्ने जोस र जाँगरलाई उमेरले छेक्दैन। सबै क्षेत्रमा लागू हुने यही सोच राजनीति र सत्ता सञ्चालनमा पनि पक्कै कार्यान्वयन हुनसक्छ।

न्युजील्यान्ड, फिनल्यान्ड र आइसल्यान्ड लगायत देशले युवा नेतृत्वको कारण सफलता पाएको चर्चा नभएको होइन। तर, यसको मतलब प्रौढ उमेरमा पनि इच्छा शक्ति भएमा देशलाई गतिशील नेतृत्व दिन सकिँदैन भन्ने चाहिँ पक्कै होइन।

इटालीमा ८० वर्षीय राष्ट्रपति
इटालीका ८० वर्षीय राष्ट्रपति सर्जीयो माटरेलाले दोस्रो कार्यकालका लागि जिम्मेवारी स्वीकार गरेका छन्। जिम्मेवारीबाट पन्छिने सोचमा रहेका उनी सत्तारुढ गठबन्धनले अर्को साझा उम्मेदवार पाउन नसकेपछि फेरि जिम्मेवारी लिन तयार भएका हुन्। लगातार ६ दिन तनावपूर्ण मतदानको प्रक्रिया चलेको थियो। सो मतदानले पनि माटरेलालाई सबैभन्दा लोकप्रिय व्यक्ति भएको ठहर गरेको थियो। मतदान आठ चरणमा भएको हो।

यस अघि नै राष्ट्रपतिले पद त्यागको चाहना राखेका थिए। यसका बाबजुद प्रधानमन्त्री मारियो ड्रागीले स्थायित्वका लागि उनी पदमा रहन आवश्यक भएको प्रतिक्रिया दिएका थिए। मतदानले कार्यकाललाई निरन्तरता दिन अख्तियारी दिए पछि राष्ट्रपति माटरेलाले नयाँ चुनौती थपिएको बताएका छन्।

उनले अबको कार्यकालमा इटालीको स्वास्थ्य र आर्थिक अवस्थालाई सुधार गर्ने सबैभन्दा ठूलो चुनौती भएको प्रतिक्रियासमेत दिएका छन्। पूर्वसंवैधानिक अदालतका न्यायाधीश माटरेलाले देशको सेवा गर्नु आफ्नो इच्छाको विषय भएको बताएका छन्।

प्रधानमन्त्री ड्रागीले माटरेला दोस्रो कार्यकालमा लागि राष्ट्रपति चयन भएकोमा खुसी व्यक्त गर्दै यो समाचार इटालीवासीकै लागि सुखद बन्ने अपेक्षा गरेका छन्। ‘राष्ट्रपतिले यो कठिन समयमा जिम्मेवारी सम्हाल्ने हिम्मत गर्नु भएकोमा म उहाँप्रति आभार व्यक्त गर्न चाहन्छु ,’ डाग्रीले भनेका छन्।

लगातार सातौँ चरणको मतदानसम्म अर्को व्यक्तिको चयन गर्न नसकेपछि आठौँ चरणमा सत्तारुढ गठबन्धनले माटरेलालाई अघि सारेको थियो। संसद् सदस्य र केही क्षेत्रीय प्रतिनिधि सहित १००९ को सिनेटको इलेक्ट्रोल भोटको गोप्य मतदान प्रक्रियाबाट इटालीको राष्ट्रपति चयन हुने प्रावधान छ।

सत्तारुढ दलका अन्य उम्मेदवारले पर्याप्त समर्थन पाउन नसकेपछि उनीहरूको उम्मेदवारी फिर्ता लिँदै माटरेलालाई राष्ट्रपति बनाउने सहमति सहित कानुनी प्रावधान खुला गरिएको थियो।

सेन्टर फाइट मोर्जा इटाला पार्टीका संयोजक एन्टेनियो टाजानीले माटरेलालाई स्वीकार गर्नुको मतलब सबैभन्दा धेरै सांसदको समर्थनको राष्ट्रपतिको चयन गर्नु भएको प्रतिक्रिया दिएका छन्। ‘माटरेलाले निर्दोष रूपमा कार्यभार सम्हालेका थिए। राजनीतिक दल र अन्य व्यक्तिको नाममा सहमति हुन नसकेपछि यो नै सबैभन्दा उपयुक्त विकल्प थियो’, टाजानीले भने।

८० वर्षका उनको शारीरिक अवस्थाका कारण अबको सात वर्षे कार्यकाल उनले पूर्ण रूपमा सम्हाल्न कठिन त हुने होइन ? भन्ने आशङ्का भने यथावतै छ। धेरैले सन् २०२३ को संसदीय निर्वाचनपछि हालका प्रधानमन्त्री डाग्री नै माटरेलाको उत्तराधिकारी बन्ने अनुमान गरेका छन्।

इटालीमा राष्ट्रपति पद सेरोमोनीयल हुन्छ। उनको कार्यकालमा संसद्मा कसैको पनि बहुमत थिएन। यसै कारण निम्तिन सक्ने राजनीतिक अस्थिरतालाई राष्ट्रपतिको सुझबुझपूर्ण भूमिकाले रोकेको थियो। त्यसैले इटालीमा माटरेलाको लोकप्रियता चुलिएको थियो।

पछिल्ला केही वर्ष यता इटालीको राजनीति खण्डित भएको छ। यसबीचमा उनको भूमिका नै निर्णायक थियो। थुप्रै गठबन्धनका सत्ता ढलेको समयमा पनि उनको भूमिका तारिफयोग्य थियो।

गत वर्ष देशमा बढी रहेको कोरोना महामारी नियन्त्रण गर्न असमर्थ भएको आरोपका कारण प्रधानमन्त्री गुइसेप कोन्टेले पद त्याग गरेका थिए। यसपछि नै डाग्री उनको उत्तराधिकारीको रूपमा चयन भएका थिए। त्यो राजनीतिक सङ्कटबाट पार गराउने क्रममा पनि माटरेलाको भूमिका महत्त्वपूर्ण थियो। माटरेलाले सोही समयमा कोरोना भाइरस नियन्त्रणका लागि दरिलो नेतृत्वको आवश्यकता भएको बताएका थिए।

विविध कारणले लोकप्रियता कमाएका उनी अर्को कार्यकालमा लागि तयार नहुने प्रस्ट थियो। उनी आरामपूर्ण जिन्दगी बिताउने सोचमा नै थिए।

यी इटालीका प्रौढ नेताका लागि सायद क्यामरुनका राष्ट्रपति पाउल बिया प्रेरणाको श्रोत बन्न सक्नेछन्। ८८ वर्षीय बिया अझै पनि उत्तिकै सक्रिय छन्। सन् २०२१ को ६ नोभेम्बरका दिन उनको कार्यकालको ३९ औ वर्ष पूरा भएको थियो।

धेरै सांसद माटरेलाले पद त्याग गरे राजनीतिक अस्थिरता निम्तिने कुरामा त्रसित थिए। यो संसद् भंग भएर मध्यावधि निर्वाचनमा जाने र आफ्नो पद नै गुम्ने कुरमा पनि धेरै सांसद त्रसित भएको जनाइएको छ।

धेरैले पहिलो पटक महिला राष्ट्रपति चयन गर्नु पर्ने विचार व्यक्त गरेका थिए भने कत्तिले युवा राष्ट्रपति आवश्यक भएको विचार राखेका थिए। यी कुनै पनि सोचमा सहमति नजुटेर माटरेलाको नाममा मात्र सहमति जुट्नुले उनको लोकप्रियतालाई पुष्टि गरेको छ।

क्यामरुन

यी इटालीका प्रौढ नेताका लागि सायद क्यामरुनका राष्ट्रपति पाउल बिया प्रेरणाको श्रोत बन्न सक्नेछन्। ८८ वर्षीय बिया अझै पनि उत्तिकै सक्रिय छन्। सन् २०२१ को ६ नोभेम्बरका दिन उनको कार्यकालको ३९ औ वर्ष पूरा भएको थियो।

सन् १९८२ देखि क्यामरुनको नेतृत्व गरेका उनी सन् २०२५ को निर्वाचनबाट भने पन्छिने अनुमान धेरैको छ।

क्यामरुनको सत्तारुढ दल क्यामरुन पिपुल्स डेमोक्रेटिक मुभमेन्ट (सिपीडीएम)का समर्थक भने फरक सोचमा छन्। उनीहरू सन् २०२५ बाट सुरु हुने अर्को सात वर्षे कार्यकाल पनि क्यामरुनमा बियाकै नेतृत्वमा रहने बताउन थालेका छन्। सन् २०१८ को निर्वाचनमा बियाले ८० प्रतिशत भन्दा बढी मत पाएका थिए। ६ नोभेम्बरकै दिन बियाको कार्यालय देखि सडकसम्म उनको समर्थनमा गीत गाएर कार्यकालको ३९ औँ वर्ष गाँठ मनाइएको थियो।

अहिले क्यामरुनमा उनको उत्तराधिकारी को भन्ने प्रश्न पनि उठ्न थालेको छ। धेरैले बियाकै छोरा फ्रान्क बिया क्यामरुनका भावी राष्ट्रपति हुन सक्ने जनाएका छन्। छोरा बिया व्यापारी तथा इन्टरप्रेनर हुन्।

यस भन्दा अघि मलेसियाका प्रधानमन्त्री महा थिर मोहम्मदले गत वर्ष ९५ वर्षको उमेरमा पद त्याग गरेका थिए।

विश्वका केही कीर्तिमान र उदाहरण
सबै भन्दा धेरै समय शासन गर्ने कीर्तिमान भने बेलायती महारानी एलिजाबेथ द्वितीयाको नाममा छ। ६५ वर्ष शासन गरिरहेकी उनी ९५ वर्षकी भएकी छिन्। क्युबाका राउल क्यास्ट्रो पूर्व शासक फीडेल क्यास्ट्रोको भाइ हुन्। उनी पनि संसारका प्रौढ नेताको रूपमा चिनिन्छन्।
काजकिस्तानका नुरुसुल्तान नजरबायेभले ८१ वर्ष पार गरिसके। उनले पनि गत वर्ष मात्र पद त्यागेका हुन्।

जिम्बाबेका तेस्रो राष्ट्रपति इमर्सन माङवांङगा संसारका अर्का उमेर पाको भएका शासक मध्यका एक हुन्। उनी पनि ८९ वर्षका भए। गुयनाका अल्फा कोन्डेले ८२ वर्षको उमेरमा पनि शासन सम्हालेका थिए। परन्तु, उनलाई अहिले सेनाले बर्खास्त गर्दै सत्ता कब्जा गरेको छ ।

सैन्य पृष्ठभूमि भएका नाइजेरियाका मोहम्मदु बहारी पनि ७८ वर्षको उमेरसम्ममा पनि सत्ता चलाउन सफल भइसकेका छन्।

कङ्गोमा राष्ट्रपति डेनिस ससाउले ३८ वर्ष सत्तामा बिताइ सकेका छन्। सन् १९७९ मा पहिलो पटक राष्ट्रपति भएका उनी सो समयमा सन् १९९२ सम्म शासन गर्न सफल भएका थिए। त्यस पछि सन् १९९७ मा उनी दोस्रो पटक राष्ट्रपति भएका हुन्। यस भन्दा अघि उनी सेनामा आबद्ध थिए।

सैन्य पृष्ठभूमि भएका नाइजेरियाका मोहम्मदु बहारी पनि ७८ वर्षको उमेरसम्ममा पनि सत्ता चलाउन सफल भइसकेका छन्।

त्यसो त मध्यपूर्वमा खासमा राजतन्त्र भएका देशमा पनि प्रौढ उमेरसम्म शासन गर्ने जमात छ।साउदी अरेबियाका राजा सल्मान र इरानका आयतुल्लाह खोमीनी लेबनानका राष्ट्रपति माइकल आउन लगायतले प्रौढ उमेरसम्म पनि देशको शासन सत्ता सम्हाली सकेका हुन्। गत वर्ष संसारकै शक्तिशाली देश अमेरिकाले ७८ वर्षका जो वाइडेनलाई राष्ट्रपति चयन गरेको थियो।

संसारमा उमेरमा युवा तथा प्रौढ जे भए पनि सफलता र असफलताका इतिहास कोरिएका छन्। देशलाई कुन दिसा दिने भन्ने शासकको उमेर होइन, होइन प्रष्ट योजना, प्रतिबद्धता र दृढ इच्छा शक्तिले निर्धारण गर्ने हो।
एजेन्सीको सहयोगमा

प्रकाशित मिति : १७ माघ २०७८, सोमबार  ८ : १० बजे

वन्यजन्तु संरक्षण ऐनमा थप गरिएको व्यवस्था हटाउन माग

काठमाडौं– अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आइयुसिएन), विश्व वातावरण कानुन आयोगले

सञ्जीवनी फुटसल प्रतियोगिता : फस्ट स्टेप काठमाडौं च्याम्पियन 

सुनसरी– तेस्रो आमन्त्रित अन्तर्राष्ट्रिय सञ्जीवनी फुटसल प्रतियोगिताको ओपन रिकभरिङ्गतर्फको उपाधि

पटाका बरामद

काभ्रे– बीपी राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–९ काभ्रेभञ्ज्याङबाट प्रहरीले २६

श्रीलंका राष्ट्रपति निर्वाचन : दिसानायक अगाडि, विक्रमासिङ्घे तेस्रो स्थानमा

काठमाडौं– श्रीलंकामा शनिबार भएको राष्ट्रपति निर्वाचनको नतिजा  आउने क्रम सुरु

लेबनानमा इजरायलको हवाई आक्रमण सुरु

बेरुत – इजरायलले लेबनानमा हवाई आक्रमण सुरु गरेको छ। सोही