समाचार

अतिविपन्न सुत्केरीलाई आर्थिक सहयोग

By खबरहब

January 31, 2022

सिमकोट – हुम्लाका अतिविपन्न महिलालाई आर्थिक सहयोग गरिएको छ।

जिल्ला अस्पताल हुम्लाका नर्स केसाङ डोल्मा लामाले जिल्लाका अतिविपन सुत्केरीलाई १० केजी चामल, पाँच केजी दाल, एक किलो नुन, चिनी, एक प्याकेट, तेल र एक क्यारेक्ट अण्डा सहयोग गरिएको जानकारी दिएकी छन्।

जिल्ला अस्पतालमा सुत्केरी भएकामध्ये विपन्नलाई तीन हजार ७५० रुपैयाँ बराबरको आर्थिक सहयोग हुँदै आएको जनाइएको छ ।

मोबाइलमा एप्सको प्रयोग गरेर कोर्डका आधारमा उनीहरुलाई खाद्यान्नदेखि सरसफाइका सामग्री सहयोग गरिँदै आएको उनले बताइन् ।