कोरोना खोप नलगाएका आन्तरिक र बाह्य पर्यटकलाई मनाङमा प्रवेश निषेध « Khabarhub

कोरोना खोप नलगाएका आन्तरिक र बाह्य पर्यटकलाई मनाङमा प्रवेश निषेध


१७ माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ – हिमाली जिल्ला मनाङमा खोप नलगाएका आन्तरिक र बाह्य पर्यटकलाई प्रवेशमा प्रतिबन्ध गरिएको छ ।

जिल्ला कोभिड-१९ संक्रमण व्यवस्थापन समिति, जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले सम्बन्धित स्थानीय तहमार्फत मनाङ प्रवेश गर्ने नाकामा स्वास्थ्य जाँच गरी एन्टिजेन परीक्षणको व्यवस्था गर्ने निर्णय गरेको हो ।

शनिबारसम्म शुन्य संक्रमित रहेको मनाङमा आइतबार मनाङ ङिस्याङ गाउँपालिकाको २४ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्रीराज आचार्यले बताए ।

उनका अनुसार खोप नलगाएका आन्तरिक र बाह्य पर्यटकलाई मनाङ प्रवेश गर्न दिइने छैन । मनाङका कर्मचारी र स्थानियलाई सम्बन्धीत स्थानिय तहले खोपको व्यवस्था गर्नेछ । मनाङमा कोरोनाको दोस्रो लहर सुरु भएयता २ सय २३ जना कोरोना संक्रमित भएका छन्। यीमध्ये ४ जनाको मृत्यु भएको थियो।

मनाङमा कोभिडको संक्रमण बढ्न नदिनका लागि मनाङ प्रवेश गर्ने नासोँ गाउँपालिका १ स्थीत तालडाडाँमा एन्टिजेन परीक्षण गर्ने र नासोँ गाउँपालिकाले नाकामा हेल्थ डेस्क राख्ने निर्णय भएको मनाङका प्रमुख जिल्ला अधिकारी रविन्द्रप्रसाद आचार्यले बताए ।

मनाङ प्रवेश गर्ने नासों गाउँपालिका १ तालडाडाँमा हेल्थ डेस्क राखेर अनुगमन गर्ने, मास्क नलगाउनेलाई लगाउन लगाउने र मास्कहरु वितरण गर्ने, सार्वजनिक यातायातमा अनुगमन गरेर अनिवार्य रुपमा मास्क लगाउनलाई अभिप्रेरित गर्ने निर्णय पनि बैठकले गरेको प्रजिअ आचार्यले बताए ।

मनाङमा खोप कार्डबिना यात्रुलाई प्रवेश निषेध गरिएको छ। मनाङमा बाह्य जिल्लाबाट संक्रमित आउन सक्ने भन्दै उच्च सतर्कता अपनाइएको प्रजिअ आचार्यको भनाइ छ ।

प्रकाशित मिति : १७ माघ २०७८, सोमबार  ८ : २५ बजे

सेतो मच्छेन्द्रनाथको रथ निर्माण गरिँदै

काठमाडौं– दरबारमार्गस्थित तीनधारा पाठशालाबाट चैते दशैँका दिन सुरु हुने वर्षा र

आठ महिनामा करिब ११ खर्ब व्यापार घाटा

काठमाडौं– चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो चौमासिक अवधिसम्ममा मुलुकले

दोधारा चादँनी सुक्खा बन्दरगाहको भौतिक प्रगति चार प्रतिशत

महेन्द्रनगर– कञ्चनपुरको दोधारा चादँनीमा सुक्खा बन्दरगाह निर्माण तीव्र गतिमा भइरहेको छ

नतान्जको बदला : इजरायली परमाणु केन्द्रमा इरानको मिसाइल आक्रमण

तेलअभिभ- इरानले इजरायलको दक्षिणी सहर डिमोनास्थित परमाणु केन्द्रलाई लक्षित गर्दै

चुनावी हारले फुटतिर कांग्रेस : देउवा पक्षले थाल्यो अलग्गै तयारी, पन्ध्रौँ महाधिवेशन मिति घोषणा गर्दै

काठमाडौं- नेपाली कांग्रेसको चौधौं महाधिवेशनबाट निर्वाचित शेरबहादुर देउवा नेर्तत्वको केन्द्रीय