अधिक नुन शरीरका लागि विष समान « Khabarhub

अधिक नुन शरीरका लागि विष समान


१७ माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चाहिनेभन्दा अलिकति पनि मात्रा बढी भयो भने त्यो अधिक सोडियमले शरीरभित्र नकारात्मक असर जन्माउन सुरु गर्दछ ।

विशेषज्ञको भनाइअनुसार एक स्वस्थ व्यक्तिले प्रत्येक दिन औसत २३०० मिलिग्रामभन्दा बढी सोडियम सेवन गर्नुहुँदैन । तर ३–४ पटक खाने बानी फेकाहरूको खानामा कतै न कतै नुनिलो वस्तु परेकै हुन्छ । यसरी दुई पटकभन्दा बढी नुनिलो स्वाद भएको वस्तु खानु भनेको सोडियमको औसत मात्रा बढ्नु हो । थोरै मात्र पनि यसको मात्रा बढ्नाले अनेकौँ किसिमका खतराहरू निम्तिन सक्छन् ।

आवश्यकताभन्दा बढी नुनको सेवन गर्दा त्यसले उब्जाउने पहिलो समस्या उच्च रक्तचाप हो । यसको मात्राप्रति सचेत नरही जथाभाबी सेवन गर्दा अनेकौँ गम्भीर रोग उब्जने खतरा हुन्छ ।

रसायन शास्त्रको भाषामा नुनलाई सोडियम क्लोराइड भनिन्छ । क्लोरिन त्यस्तो विषालु ग्याँस हो, जसको एक स्पर्शले मनुष्यलाई चौबिस घण्टा बेहोस बनाउन सक्दछ । यसको मात्रा थोरै मात्र पनि बढी भयो भने जीवनसमेत समाप्त गर्न सक्दछ।

जो व्यक्ति उच्च रक्तचाप, मधुमेह, मुटुरोग, मृगौलासम्बन्धी समस्याबाट ग्रसित छ र चालीस वर्ष उमेर कटिसकेको छ, उसका लागि सोडियमको मात्रा प्रतिदिन केवल औसत १५०० मिलिग्रामभन्दा घटी हुनुपर्ने सल्लाह दिइन्छ।

हाल विश्वमा सबैभन्दा बढी मृत्युको कारणमध्ये मुटुजन्य रोगलाई प्रमुख मानिन्छ । उच्च रक्तचाप र मुटुरोग एकआपसमा अन्तर सम्बन्धित छन्। नुनको मात्रा बढ्ने बित्तिकै देखा पर्ने पहिलो र व्यापक रोग यही उच्च रक्तचाप हो ।

अनेकौँ शोधअध्ययनले बताएका छन् कि नुनद्वारा सोडियमको मात्रा बढेपछि शरीरमा अत्यावश्यक पोटासियम, म्याग्नेसियम, क्याल्सियम र भिटामिन ‘सी’ जस्ता तत्त्वको मात्रा घट्न जान्छ ।

अर्कोतर्फ सोडियमको अधिकताले रक्त वाहिनी नशाहरूमा पानीको मात्रा बढ्न जान्छ, जसले गर्दा अस्वस्थकर रगतको परिणाममा वृद्धि हुन्छ । रगतको परिमाण बढेपछि रक्तसञ्चार कार्य जटिल हुन जान्छ र ब्लडप्रेसरको समस्या देखा पर्दछ ।

साभार  :  ‘खाने कसरी पिउने कसरी’ पुस्तकबाट

प्रकाशित मिति : १७ माघ २०७८, सोमबार  ९ : ३८ बजे

आदर्श श्रेष्ठको नियुक्ति शतप्रतिशत गलत, पद नलिन महावीर पुनको आग्रह

काठमाडौँ – पूर्वमन्त्री एवं प्रतिनिधिसभाका नवनिर्वाचित सदस्य महावीर पुनले राष्ट्रिय

‘श्रम संस्कृति मौरी हो, श्रमले मात्र देश बन्छ’

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष एवं धरान उपमहानगरपालिकाका पूर्वप्रमुख

रवि लामिछानेको सङ्गठित अपराध मुद्दा फिर्ता सम्बन्धी रिटको सुनुवाइ आज हुँदै

काठमाडौँ – सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति

इन्धन सुरक्षामा ध्यान दिन शक्तिराष्ट्रलाई अमेरिकाको आग्रह, युद्धमा संलग्न नहुन इरानको चेतावनी

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व शक्तिलाई खाडीको ‘स्ट्रेट

एनआरएनए अध्यक्षमा शर्माको नाममा सहमति

काठमाडौँ – गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा हेमराज शर्मालाई चयन