कानको समस्या समाधानमा घरेलु उपचार « Khabarhub

कानको समस्या समाधानमा घरेलु उपचार


१७ माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोलाको कलकल ध्वनि, कोइलीको कुहू कुहू अनि बाँसुरीको सुरिलो धुन । यी ध्वनिहरू आफैमा मनमोहक र सुमधुर बनेका होइनन् । तपाईँ हाम्रो कान छ र त यी सुमधुर बनेका छन् । कान अर्थात् श्रवण शक्तिविनाको जीवन कल्पना पनि गर्न सकिन्न ।

तसर्थ कानको स्वास्थ्यको बारेमा हामी चर्चा गर्दैछौँ । कानको समस्याका धेरै प्रकारहरु हुन्छन् । जस्तै-कान पाक्नु, कान दुख्नु, कान कम सुन्नु, कान कराउनु आदि ।

यो समस्यालाई प्राकृतिक तथा घरेलु तरिकाबाट उपचार गर्ने तरिका निम्नानुसार—

भोजन

– धेरै दुखाइ भएको अवस्थामा खाना खानुको सट्टा फलफूल र जूसमात्र सेवन गर्नु लाभदायक मानिन्छ ।

– यो अवधिमा सुन्तलाको जूसमा पानी मिसाएर पिउनुपर्दछ ।

– दैनिक भोजनमा सन्तुलित आहार (आँटा, ब्राउन राइस, सलाद, तरकारी, फलफूल आदि) समावेश गराउनुपर्दछ ।

– दैनिक ओखरको सेवनले पनि श्रवणशक्ति विकास गर्दछ ।

घरेलु उपचार

– दुखेको कानमा तोरीको तेल हल्का तताएर अदुवाको रस २–३ थोपा मिलाएर कानमा राख्दा आराम मिल्दछ ।

– कानमा कीरा पसेको भए मनतातो तेल राख्नाले कीरा मर्छ र बाहिर निस्कन्छ ।

– कानको दुखाईमा मनतातो प्याजको रस कानमा २–४ थोपा राख्नाले पनि दुखाई कम गर्छ ।

– कान पाक्ने  फोका उठ्ने समस्या भए तोरीको तेलमा थोरै नुन मिलाएर मनतातो बनाई कानमा राख्ने र त्यसको वरपर मालिस गर्न सकिन्छ।

– तोरीको तेलमा लसुन पकाइ सो तेल साँझ/बिहान २–२ थोपा कानमा लगाउन सकिन्छ ।

– कानबाट झोल बग्छ भने नीमको पातको रस शुद्ध मह मिलाएर कानमा राख्न सकिन्छ । यसले दुखाई कम गर्नका साथै बहिरोपन कम गर्न सघाउँछ ।

– गाईको पिसाब वा आफ्नै पिसाब केही थोपा कानमा राख्नु पनि ज्यादा प्रभावकारी हुन्छ ।

साभार :  ‘एकसे एक उपचार’ पुस्तकबाट

प्रकाशित मिति : १७ माघ २०७८, सोमबार  ६ : ४४ बजे

मनसुन सक्रिय भएसँगै मल वितरण प्रभावकारी, १९ दिनमै ४० हजार ५६९ मेट्रिकटन आपूर्ति

काठमाडौं – मनसुन सक्रिय भएसँगै देशभर धान रोपाइँ तीव्र बनेको छ।

धान रोपाइँमा सुस्तता, असार २२ सम्म देशभर ३२ प्रतिशत मात्र रोपाइँ सम्पन्न

काठमाडौं– नेपालमा यस वर्ष धान रोपाइँको गति गत वर्षको तुलनामा

अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक समितिमा पठाइयो

काठमाडौं– प्रतिनिधिसभाले ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८३’ दफावार छलफलका

अमेरिकी फुटबल स्टार बालोगुनको प्रतिबन्ध स्थगित, युइएफएद्वारा फिफाको आलोचना

लुसान- अमेरिकी फुटबल स्टार फोलारिन बालोगुनलाई रातो कार्डपछि स्वतः लाग्ने एक

बाँकेमा ३० प्रतिशत मात्रै रोपाइँ

नेपालगन्ज– यस वर्ष पर्याप्त वर्षा नहुँदा अहिलेसम्म बाँकेमा करिब ३० प्रतिशत