‘बलेको आगो’ मा प्रेम पीडा र असमझदारी | Khabarhub Khabarhub

‘बलेको आगो’ मा प्रेम पीडा र असमझदारी


१७ माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायक राजकुमार सिंहले ‘बलेको आगो’ बोलको आफ्नो नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । बेलायतका विभिन्न रमणीय स्थलमा खिचिएको भिडियोको कोरियोग्राफी तथा निर्देशन प्रभु गुरुङले गरेका हुन् ।

आरडिआर इन्टरटेन्मेन्ट युट्युव च्यानलमार्फत दर्शकमाझ प्रस्तुत गरिएको भिडियोमा अभिनेता ध्रुव दत्त, रोशना कार्की र दुर्गा सिंहको अभिनय छ ।

प्रेमीप्रेमिककाबीचको सम्बन्धमा आउने असमझदारी र त्यसले दिने पीडालाई प्रस्तुत गरिएको भिडियोको छायांकन तथा सम्पादन सुमन श्रेष्ठले गरेका हुन् ।

केशव बैरागी काइलोको शब्द रचना र सुनील राईको संगीत तथा नवीन निरौलाको कलर ग्रेडिङ रहेको भिडियोको प्रस्तुतकर्ता राजकुमार सिंह हुन भने दुर्गा सिंह निर्माता छिन् । गीतको भावअनुरुपको भिडियो निर्माण गरिएकाले स्रोता–दर्शकले मन पराइरहेको निर्देशक गुरुङले बताएका छन् ।

प्रकाशित मिति : १७ माघ २०७८, सोमबार  ३ : १८ बजे

बस दुर्घटनामा घाइते भएका सहचालकको मृत्यु

गुल्मी – गुल्मीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको

नेपालद्वारा भोलक्यानोजलाई १८० रनको लक्ष्य

काठमाडौं – विश्वकपको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले दोस्रो

संसद्को तनावले झन् बढ्यो सत्तापक्ष र प्रतिपक्षबीच दूरी

काठमाडाैं-  सहकारी ठगी प्रकरणमा संलग्न रहेको आरोप लागेका उपप्रधान तथा

जयनगर–जनकपुर–भङ्गहा रेल सेवा तीन दिन बन्द हुने

जलेश्वर – भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा आउँदो शनिबारदेखि तीन दिनसम्मको लागि

राष्ट्रिय खुल्ला हाफ म्याराथनको उपाधि राजन रोक्कालाई

काठमाडौं – राष्ट्रिय खुल्ला हाफ म्याराथन तथा रोड रेस प्रतियोगिताको