कोरोनाको तेस्रो लहर : घरघरमा बिरामी तर परीक्षण नै गर्दैनन् « Khabarhub

कोरोनाको तेस्रो लहर : घरघरमा बिरामी तर परीक्षण नै गर्दैनन्


१७ माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी– १५ दिनअघि राजविराज नगरपालिका–२ का ४५ वर्षीय सन्तोष यादवलाई उच्च ज्वरो आयो । रुघाखोकी केही थिएन तर थाम्नै नसक्ने गरी जाडो हुन्थ्यो । कोरोनाको तेस्रो लहर फैलिनु र उनलाई ज्वरो आउनु एकै पटक भयो । उच्च ज्वरो आए पनि उनले अस्पताल गएर परीक्षण गरेनन् । बरु घर नजिकैको औषधि पसलबाट ज्वरो कम गर्ने र दुखाई रोक्ने औषधि किनेर खाए ।

उनका अनुसार कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनका अधिकांश लक्षण देखिएको थियो । उनले भने, ‘खाना खान त मनै लाग्दैन्थ्यो । जवरजस्ती अलिअलि खाएर औषधि नियमित खान्थेँ, बाफ लिन्थेँ । तातो पानी खान्थे ।’ उनले पीसीआर टेस्ट पनि गराएनन् । उनले थपे, ‘एक पटक पीसीआर टेस्ट गराउने इच्छा लागेको थियो । जाडो र कमजोरीका कारण निस्किनै सकिन ।’ परिवार सँगै सँगै उनी बसे । उनलाई पाँच दिन ज्वरो लागेर निको भयो । तर, सामान्य अवस्थामा आउन १० दिन लाग्यो ।

उनलाई ज्वरो कम भएपछि आमा, श्रीमती, छोराछोरीलाई पनि पालैपालो ज्वरो आयो । उनीहरूले पनि त्यसैगरी औषधि खाए ज्वरो निको भयो । उनले भने, ‘पीसीआर टेस्ट गर्ने र अस्पताल भर्ना गर्न आवश्यकता नै परेन् ।’

राजविराज नगरपालिका–६ कै ४७ वर्षीय नरेश चौधरीलाई पनि २० दिनअघि उच्च ज्वरो आयो । घर नजिकैको फार्मेसीमा गएर उनले पनि समस्या सुनाएर र फार्मेसी सन्चालकले दिएको औषधि खाएरै ठिक भएँ । उनले सुनाए, ‘अस्पताल जानेतर्फ ध्यान नै गएन । तर, एक हप्ता थला परे ।’ एक हप्तापछि ज्वरो त निको भयो तर १५ दिनसम्म मुख मिठो नभएको र कमजोरीले सताएको उनको अनुभव छ ।

राजविराज नगरपालिका–२ का ४० वर्षीय सुनिल चौधरीको अनुभव पनि यस्तै छ । उनी पनि तीन दिन ज्वरोले थलिए तर कोरोना परीक्षण गर्ने र अस्पताल जाने झन्झटमा लागेनन् । उनीसँगै परिवारका अन्य सदस्यलाई पनि केही दिन ज्वरोले थला पार्यो ।

सप्तरीमा कोरोनाको पहिलो र दोस्रो लहरमा भन्दा तेस्रो लहरमा धेरै मनिस बिरामी भए पनि पीसीआर परीक्षण गर्ने र अस्पताल जाने निकै कम रहेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका निमित्त कार्यालय प्रमुख दुनियालाल यादवले बताए ।

उनले भने, ‘ज्वरोका बिरामी घरघर भए पनि अस्पताल आउने निकै कम छन् । पीसीआर गराएकामध्ये तीन सय हाराहारीमा मात्रै पोजेटिभ देखिएको तथ्यांक छ ।’

आइसोलेशन केन्द्र रित्तै
कोरोना संक्रमितका लागि बनाएको राजविराजस्थित साइकृष्णाको आइसोलेसन तथा गाउँपालिका, नगरपालिकाद्वारा सन्चालित आइसोलेशन पहिलो र दोस्रो लहरमा भरिभराउ थिए । तर यसपटक रित्तै रित्तै रहेको स्वास्थ्यकर्मीहरू बताउँछन् ।

– न्यूज कारखानाबाट

प्रकाशित मिति : १७ माघ २०७८, सोमबार  ४ : ३९ बजे

मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

भद्रपुर– बाह्रदशी गाउँपालिका–३ रामनगरस्थित हुलाकी सडकखण्डमा मोटरसाइकलको ठक्करबाट एक जना

स्वदेश फर्कियो नेपाली राष्ट्रिय क्रिकेट टोली (तस्बिरहरू)

काठमाडौं– आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिज खेलेर नेपाली राष्ट्रिय

देवानगञ्ज घटनाबारे राष्ट्रपति पौडेल र प्रथम राष्ट्रपति यादवबीच संवाद

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगञ्ज गाउँपालिका कप्तानगञ्जसहित तराई-मधेसका विभिन्न

पोल्ट्री व्यवसायीलाई प्रशिक्षण

चितवन– पोल्ट्री व्यवसायीलाई वातावरणीय मूल्यांकन, व्यवस्थापन तथा अनुपालनसम्बन्धी प्रशिक्षण प्रदान

गृहमन्त्री जाने भएपछि सिराहामा तनाव, सुरक्षाकर्मीको गाडी घेराउ (तस्बिरहरू)

सिराहा– सिराहाको गोलबजारमा प्रदर्शनको क्रममा गोली लागेर मृत्यु भएका बालकको घरअगाडि