कर्तव्य ज्यान मुद्दामा पक्राऊ नपरेका प्रतिवादीको सम्पत्ति रोक्का राख्ने आदेश « Khabarhub

कर्तव्य ज्यान मुद्दामा पक्राऊ नपरेका प्रतिवादीको सम्पत्ति रोक्का राख्ने आदेश


१७ माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– महोत्तरी जिल्ला अदालतले कर्तव्य ज्यान मुद्दामा संलग्न रहेको आरोपमा डेढदर्जन बढी व्यक्तिको सम्पत्ति रोक्का गर्ने आदेश गरेको छ ।

प्रेमबहादुर विकको जाहेरीले वादी नेपाल सरकार तथा प्रतिवादी विकी साहसमेत भएको कर्तव्य ज्यान मुद्दामा महोत्तरी जिल्ला अदालतले डेढदर्जन बढी व्यक्तिको सम्पत्ति रोक्का राख्न आदेश जारी गरेको हो ।

मधेश आन्दोलनका बेला २०७२ साल भदौ २५ गते महोत्तरीको सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय जलसागरमा कार्यरत प्रहरी सहायक निरीक्षक थमन विकको आन्दोलनकारीद्वारा जलेश्वर नगरपालिका– २ स्थित हटियामा कुटपीट गरी गम्भीर घाइते बनाइएपछि प्रहरीले उद्धार गरी उपचारका लागि जनकपुर लैजाँदै गर्दा महोत्तरी गाउँपालिकामा एम्बुलेन्सबाट थुतेर हत्या गरिएको घटनामा संलग्न रहेको तर हालसम्म पक्राउ नपरेका १९ जना प्रतिवादीको सम्पत्ति रोक्का राख्नका लागि महोत्तरी जिल्ला अदालतले आदेश जारी गरेको स्रेस्तेदार मदन जयसवालले बताए ।

सहायक निरीक्षक विकको हत्यामा संलग्न रहेको प्रतिवादी कौशलकुमार यादव, चन्देश्वर साह, नरेश साह, रामराजा साह, गोलु साह, हरिओमकुमार भगत, रवीन्द्र चमार, रञ्जीत साह, देवेन्द्र चौधरी, रमेशप्रसाद साह, सतिन्द्र चौधरी, फुले यादव, राजा चौधरी, रोहितकुमार शर्मा, लालबाबु बिन, शम्भु साह, देवेन्द्र यादव, अनिल ठाकुर र विकी साहको सम्पति रोक्का राख्न आदेश जारी भएको हो ।

महोत्तरी जिल्ला अदालतको आदेशानुसार उल्लिखित प्रतिवादीको नामको विभिन्न मितिमा म्याद तामेल भइसकेको तर निज प्रतिवादी हालसम्म पक्राउ नपरेको र अदालतमा उपस्थित भएकोसमेत नदेखिएको भन्दै निजको अंश हकमा रहेको अचल सम्पत्ति मुलुकी फौजदारी कार्यविधिसंहिता, २०७४ को दफा ५८(१५) एवं दफा ६५(१) को खण्ड (ख) अनुसार रोक्का राख्न आदेश दिइएको हो ।

प्रकाशित मिति : १७ माघ २०७८, सोमबार  १० : ०० बजे

उपराष्ट्रपति यादवबाट पानी दिवसको शुभकामना

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवले पानीको न्यायपूर्ण वितरण र पहुँच सुनिश्चित

चेल्सीको पोस्टमा एभर्टनको तीन गोल

काठमाडौँ – इङ्लिस प्रिमियर लिग अन्तर्गत शनिबार भएको खेलमा एभर्टनले

म्याग्दीको मुदीमा वडा कार्यालय र स्वास्थ्यचौकी भवन निर्माण

म्याग्दी– यहाँको धवलागिरि गाउँपालिका–४ मुदीमा वडा कार्यालय र स्वास्थ्यचौकीको भवन

४८ घण्टाभित्र होर्मुज जलमार्ग नखोले विद्युत् गृह खरानी पारिदिने इरानलाई ट्रम्पको चेतावनी

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानलाई ४८ घण्टाभित्र ‘स्ट्रेत

पाल्पामा टिपर दुर्घटना हुँदा चार जनाको मृत्यु

बुटवल– पाल्पामा टिपर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ