राजनीति

सरकारलाई खबरदारी गर्दै अनेरास्ववियुको प्रदर्शन (भिडियोसहित)

By खबरहब

January 31, 2022

काठमाडौँ– समयमै निर्वाचनको मिति तोक्न माग गर्दै प्रमुख विपक्षी दल नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले प्रधानमन्त्रीको पुत्ला दहन गरेको छ ।

अनेरास्ववियुले सोमबार काठमाडौँको प्रदर्शनीमार्गस्थित आरआर क्याम्पस अगाडि प्रधानमन्त्रीको पुत्ला दहन गरेको हो । सो क्रममा प्रहरीले हस्तक्षेप गरेको थियो । तत्काल निर्वाचन मिति घोषणा गरी समयमै निष्पक्ष निर्वाचन गर्न अनेरास्ववियुले माग गरेको छ ।

भिडियो हेर्नुहोस्

निर्वाचनको मिति घोषणा गर्न माग गर्दै अनेरास्ववियुले माघ १८ गते प्रतिकात्मक रुपमा सरकारका मन्त्रीहरू सहभागि कार्यक्रममा कालोझण्डा देखाउने र माघ १९ गते संघीय राजधानी (काठमाडौँ) र प्रदेश राजधानीहरूमा कानूनविदहरुको उपस्थितिमा सडक बहस गर्ने कार्यक्रम सार्वजनिक गरेको छ ।