अनलाइन जुवा खेल्दै गरेका ७४ पक्राउ « Khabarhub

अनलाइन जुवा खेल्दै गरेका ७४ पक्राउ


१७ माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँको बौद्धस्थित प्लटिङ नजिकको एक रेष्टुरेन्टमा जुवा (बिङ्गो) खेल्दै गरेका ७४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

दोलखा घर भई हाल बानेश्वर बस्ने ३० वर्षीय सुभाष घिसिङले सञ्चालन गरेको रेष्टुरेन्टमा आइतबार साँझ महानगरीय प्रहरी परिसर र प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीबाट उनीहरूलाई पक्राउ गरेको प्रहरीले आज एक सूचना जारी गरी जनाएको छ ।

कोभिड–१९ को महामारीको समयमा ठूलो सङ्ख्यामा मानिस भेला भई अनलाइन बिङ्गो खेलमा संलग्न रहेका भनी विशेष सूचनाका आधारमा प्रहरी त्यहाँ पुगेको थियो । उक्त खेलमा प्रयोग गरिने सामग्री मोबाइल, बिङ्गो खेल्न प्रयोग गरिने कुपन र नगदसमेत नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ । उनीहरुको साथबाट रु ६ लाखभन्दा बढी रकमसमेत बरामद गरिएको छ ।

उनीहरूमाथि बौद्ध प्रहरीले मुलुकी अपराधसंहिता २०७४ को परिच्छेद–५ अन्तर्गत जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने कसुरअन्तर्गत थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १७ माघ २०७८, सोमबार  ९ : १५ बजे

मुलुकको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्र मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको आर्थिक समृद्धिमा गैर आवासीय

शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल पक्राउ

काठमाडौं – शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाललाई नेपाल प्रहरीको केन्द्रीय

पुनः आवागमन रोकेर धुलिखेल–खावा सडकखण्डको स्तरोन्नति

काभ्रेपलाञ्चोक – अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित धुलिखेल–खावा सडकखण्डमा पुनः सवारीसाधन आवागमनमा

झापामा घरको छतबाट लडेर एक जनाको मृत्यु, एक घाइते

झापा – भद्रपुर नगरपालिका–६ सङ्गम चोकमा दुईतले पक्की घर भत्काउने

ट्रम्पले भने – हर्मुज जलडमरु खोल्न अमेरिका सक्षम हुँदैछ

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार हर्मुज जलडमरु सम्बन्धी